मुख्य समाचार
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा
अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा

। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ स्थित अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) का सञ्चालक सुरजकृष्ण श्रेष्ठ अहिले प्रहरी हिरासतमा छन् ।

२७ जेठमा पक्राउ परेका सुरजकृष्णलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंले पक्राउ गरेको थियो । त्यसयता उनलाई परिसरको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिहरेको छ ।

परिसरका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार उनीमाथि अहिले बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । ‘हामीले बालबालिकाविरुद्धको कसुरमा अनुसन्धान अघि बढाएका छौं । अनुसन्धासँग सम्बन्धीत विभिन्न पाटाहरु बुझ्ने काम भइरहेको छ,’ एसपी भट्टराईले भने ।

इस्कोनले नै बूढानीलकण्ठमा भक्तिवेदान्त गुरूकुल सञ्चालन गरेको छ । उक्त गुरुकुलमा विद्यार्थीहरुलाई अध्यापन गराइन्छ । जसमध्ये एक बालकलाई सञ्चालक सुरजकृष्णले दुव्यर्वहार गरेको प्रहरीले बताएको छ ।

पीडित बालकका आफन्तले गत जेठको पहिलो सातामा प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि २७ जेठमा प्रहरीले सञ्चालक सुरजकृष्णलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो । सुरजकृष्णले ती बालकलाई शारीरीक, मानसिक चोट दिएको बताइएको छ ।

कुटपिट गर्ने, हात हाल्ने, दुर्व्यवहार गर्ने, उपेक्षा गर्ने, भेदभाव गर्ने गरेको भन्दै सुरजकृष्णविरुद्ध प्रहरीमा उजुरीमा परेको थियो । अहिले घटनासँग सम्बन्धीत व्यक्तिहरु बुझ्नेदेखि बालकको घाउचोट जाँचको काम मनोपरामर्शको काम समेत गरिएको प्रहरीले बताएको छ ।

जाँच गर्ने डाक्टरसँग समेत बुझ्ने काम भएको प्रहरीले बताएको छ । यता पक्राउ परेका सुरजकृष्णको बयानको काम समेत सकिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...