मुख्य समाचार
पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह
पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह

। बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् ।

निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउन पूर्वाधार विकासमा लगानी गरिदिन यहाँका पर्यटन व्यवसायीहरूले सरकारसँग आग्रह गरेका हुन् ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरको समन्वयमा भारतीय पर्यटकसहितको प्रतिष्ठित उद्योगीलगायतको नेपाली टोलीले निकुञ्जको अवलोकन भ्रमणपछि पर्यटन प्रवर्द्धनका सम्भावित लगानीका विषयमा छलफल गरिएको छ ।

नेपालगन्जका उद्योगी सञ्जय अग्रवालले बाँके राष्ट्रिय निकुञ्ज प्रचारप्रसार नभएका कारणले ओझेलमा परेको उल्लेख गर्दै आर्कषक होटल तथा रिसोर्टले यहाँको सौन्दर्य बढाउने बताए ।

उनले भने, ‘पर्यटक यहाँ आएर भरपूर आनन्द लिन्छन् तर उनीहरूलाई खाना तथा बस्नका लागि पनि राम्रो प्रबन्ध हुन जरुरी छ ।’

उद्योगी अग्रवालले यहाँको मनमोहक हरियाली सुन्दर भएको औँल्याउँदै निकुञ्ज घुम्दै जाँदा देखिने चित्तल (चौका), हात्ती, मयुरलगायतका वन्यजन्तुले घुमफिरलाई रोमाञ्चक बनाउने उल्लेख गरे । ‘सुन्दर जङ्गल, छ त्यहाँभित्र डाँडा देखिएको छ, नदी बगिरहेको छ, वन्यजन्तु दौडिरहेका छन् यस्तो सुन्दरता कहाँ पाउन सकिन्छ’, उनले भने ।

अर्का व्यवसायी चम्पालाल बोथ्राले निकुञ्जको प्रचारप्रसार हुन नसकेको बताउँदै प्रचारबाट पर्यटक भित्र्याउन सकिने बताए । उनले भने, ‘प्रकृतिले सुन्दरतासँगै मनमोहक दृश्य पनि दिएको छ, यो अवलोकन गर्न यहाँ पर्यटक भिर्त्याउनुपर्छ ।’

होटल पौवा प्रालिका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले पर्यापर्यटनको प्रचुर सम्भावना रहेको यस क्षेत्रमा होटल तथा पर्यटनमा दीर्घकालीन लगानी आवश्यक भएको धारणा व्यक्त गरे ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले पर्यटन र उद्योगका लागि पालिकामा लगानी भित्र्याउँदै सहजीकरण गर्न आफूहरू तयार भएको बताए ।

निकुञ्जकी नेचर गाइड उमा ओलीले चुरे भावर क्षेत्रसँगै यहाँ चौका, बाघलगायत वन्यजन्तुको अवलोकन गर्न बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्न सुझाव दिँदै निकुञ्जसँगै राजमार्ग र विमानस्थलको पहुँच रहेको बताइन् । ‘काठमाडौँबाट यहाँ आएर बाँके राष्ट्रिय निकुञ्जमा दिनभर सफारी गरेर बेलुका फर्किन सकिन्छ,’ उनले भनिन् ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले निकुञ्ज करिब २० किलोमिटर नेपाल–भारत सीमा नजिक रहेकाले भारतीय पर्यटकलाई भित्र्याउने वातावरण निर्माण भए त्यसले अर्थतन्त्रमा योगदान पुर्‍याउन सकिने बताए ।

उनले निकुञ्ज आसपासमा ग्रामीण पर्यटनलाई महत्व दिएर लोक संस्कृतिको जर्गेना गर्न सकिने उल्लेख गरे । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले संघीयता, समावेशीता र समुदायगत भाषा, संस्कृतिजस्ता अधिकारबाट वर्तमान सरकार र सरकारको नेतृत्वकर्ता दल पछि हट्न सक्ने आशंका गरेका छन् । मगर समुदायको भुमे पर्वका अवसरमा दाङको देउखुरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले संविधान संशोधनका नममा जनताले उपभोग गरिसकेका अधिकार खोस्ने प्रयास भए स्वीकार्य हुन नसक्ने बताए । संविधान सशोधनको ...
। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा अनुपस्थित भएका छन् । मन्त्री अनुपस्थित नभएपछि सांसदहरुले प्रश्न उठाए । ‘खुट्टा भाच्ने अभिव्यक्तिमा जवाफ दिनुपर्छ भनेर मन्त्री नआउनुभएको हो ?’ नेपाली कांग्रेसकी सांसद बासना थापाले प्रश्न गरिन् । बैठकमा सभापति आशिष गजुरेलले मन्त्रीलाई जानकारी पटक-पटक गराएको बताए । धुलिखेलको एउटा कार्यक्रममा रहेको र फर्किरहेको ...
। बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार राति करिब १ः३० बजे आफ्नै एकतले पक्की घरको छतबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । टाउको र मुखमा गम्भीर चोट लागेका चौधरीको उपचारका क्रममा बिहान ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई पक्राउ गरेको छ । अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई पक्राउ गरेको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् । अर्का एक जना व्यक्ति पनि पक्राउ परेको स्रोतले बतायो । उनीहरु सुरक्षा निगरानीमा छन् । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको ...
। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् । सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर ...