मुख्य समाचार
धुवाँरहित भान्सा तथा बेलाबेला हुने एलपी ग्यासको अभाव सामना गर्नु पर्ने विकल्पमा मधेशमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड
धुवाँरहित भान्सा तथा बेलाबेला हुने एलपी ग्यासको अभाव सामना गर्नु पर्ने विकल्पमा मधेशमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड

। धुवाँरहित भान्सा तथा बेलाबेला हुने एलपी ग्यासको अभाव सामना गर्नु पर्ने विकल्पमा मधेशमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिइएको छ ।

धनुषाको लालगढमा सोमबार विद्युतीय चुल्हो नमुना परियोजनाको सिकाई तथा उपलब्धि विषयको अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले नेपालमा पर्याप्त विद्युत उत्पादनको सम्भावना रहेकाले विद्युतीय चुल्होको उपयोग घर–घरमा पुग्नुपर्ने बताए ।
विद्युतीय चुलोको प्रयोगले स्वास्थ्य, वातावरण र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने तथा एलपीजी ग्यास आयातमा हुने अर्बौं रुपैयाँ विदेशी मुद्रा बचत गर्न सकिने उनको धारणा छ ।

उनले ग्यास आपूर्तिमा हुने अवरोध तथा अभावका कारण समय–समयमा नागरिकले विभिन्न समस्या भोग्नुपरेकाले स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोग गर्न आवश्यक रहेकोमा जोड दिए ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जित नारायण यादवले आफ्नो पालिकाले दुई वर्षअघि नै इन्डक्सन चुलो र आवश्यक भाँडाकुँडा वितरण गरी स्थानीयस्तरमा विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गरेको बताए ।

सहभागी गृहिणीहरूले विद्युतीय चुलो प्रयोग गर्न सहज, सुरक्षित र खर्च कम लाग्ने अनुभव सुनाएको उनको भनाइ छ ।

ऊर्जा विज्ञ मोहनदास मानन्धरले विद्युतीय चुलोको प्रयोग बढ्दै गएको बताउँदै यसको दीर्घकालीन सफलताका लागि विद्युत पूर्वाधार सुदृढ बनाउनुपर्ने धारणा राखे । कार्यक्रममा मधेशका २० स्थानीय तहका सहभागी प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले बारम्बार विद्युत अवरुद्ध हुने, ट्रान्सफर्मरको क्षमता अपर्याप्त हुनेलगायत समस्या समाधान भए विद्युतीय चुलोको प्रयोग अझ प्रभावकारी रूपमा विस्तार गर्न सकिने धारणा राखेका छन् ।

एसियन विकास बैंक (ए.डी.बी), नेपाल विद्युत प्राधिकरण, नर्वे दूतावास, एसपीलाई नेपाल, जानकी महिला जागरण समाज, क्लिन कुकिङ एलायन्स, डीडीआरसी लगायतका संस्थाहरूको सहयोग समन्वयमा आयोजना भएको अन्तरक्रियामा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् । दरौंखोला तटबन्ध, ...
। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास ...