मुख्य समाचार
मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त
मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त

। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिंदै गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले गम्भीर भूराजनीतिक भूमरीतर्फ मुलुक धकेलिएको बताउँदै नेतृत्वमा रहेका सरकारी अधिकारीहरू बिन्दास भइरहेको टिप्पणी पनि गरेका छन् ।

सीमामा चिया निकासी रोकिएको, सुकुमवासी लखेटिएको, होल्डिङ सेन्टरमा बेवारिसे रहेको, मलको अभाव रहेको, महँगी जस्ताको तस्तै रहेको लगायतका विषयमा गम्भीर हुनुपर्ने बेला प्रधानमन्त्री बालेन शाह र उनको टिमको ध्यान नपुगेको नेता ज्ञवालीको भनाइ छ ।

‘राष्ट्रपति संस्थाको अपमान । संसदको अवमूल्यन । मतदाताहरूप्रति उपेक्षा । आफ्नै पार्टीप्रति वेवास्ता । लोकतान्त्रिक अधिकारहरूको सङ्कुचन । संवैधानिक अङ्गहरूमाथि हस्तक्षेप । राजनीतिक प्रतिशोध । राष्ट्रसेवकहरूको हुर्मत । समग्रमा, मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदै छ,’ ज्ञवालीले सामाजिक सञ्जालमा लेखेका छन् ।

एमाले, कांग्रेस जस्ता पार्टीहरू आन्तरिक समस्यामा जुधिरहेको बेला लोकतान्त्रिक पार्टीहरूभित्र नीति, निर्णय, सङ्गठन, शैली र नेतृत्वका बारेमा मतान्तर या विमतिहरू देखिनु अस्वाभाविक नभएको उनको भनाइ छ । ‘यी समस्याको समाधानका आफ्नै विधिहरू छन् । आशा छ, समस्याहरू विधिसम्मत् ढङ्गले समाधान हुनेछन् र पार्टीहरूको आन्तरिक एकता थप सुदृढ हुनेछ,’ उनले थप भनेका छन्, ‘तर आन्तरिक विषयहरूको सामना गरिरहेको बेला हाम्रो ध्यान मुख्य राष्ट्रिय मुद्दाहरूमा केन्द्रित हुनैपर्छ । हामी गंभीर भूराजनीतिक भुँवरीतिर धकेलिँदै गइरहेका छौँ ।’

गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर आत्मरतिमा सरकार रमाएको उनको आरोप छ ।

‘तर यी सबै कुरामा बेखबर हाम्रा बिन्दास प्रधानमन्त्री ‘जिस्किँदै’ हुनुहुन्छ र उहाँको ‘देश बनाउने टोली’ व्यवसायीहरूका खुट्टा भाँच्ने धम्की दिँदैछ । गरिखानेहरूको ट्याम्पो भीरबाट गुडाइदिएर ठुलै शत्रुमाथि ‘सर गरेको’ आत्मरतिमा रमाइरहेको छ,’ ज्ञवालीले भनेका छन् ।

आफ्ना आन्तरिक विषयमा वहस गरिरहेको बेला यी राष्ट्रिय मुद्दाहरू र यिनीहरूप्रतिको हाम्रो दायित्व ओझेलमा नपरोस् भनेर ध्यान दिनैपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् । दरौंखोला तटबन्ध, ...
। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास ...