मुख्य समाचार
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय
चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय

। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो ।

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास गरेर विगतदेखिको कानुनी अस्पष्टता र समस्यालाई दीर्घकालीन रूपमा समाधान गरेको हो ।

नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ मार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा दफा ५४ (ख) थपिएसँगै आयोगलाई आवश्यक निर्देशिका र कार्यविधि बनाउने कानुनी बाटो खुलेको थियो ।

यसअघि विधायन ऐन, २०८१ को दफा ३५ का कारण आयोगका पुराना सबै निर्देशिका र कार्यविधि स्वत: अमान्य (खारेज) हुँदा कानुनी रिक्तता भएको थियो ।

उक्त समस्या समाधानका लागि असार १ गते अर्थ मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयबाट सकारात्मक रायसहितको सहमति प्राप्त भएको थियो । कार्यविधिले सार्वजनिक शिक्षण संस्थालाई नि:शुल्क छात्रवृत्ति, स्नातकोत्तर तह (डिएम, एमसिएचसमेत)मा नि:शुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गराउने बाटो खुलेको छ ।

यस कार्यविधिले आयोगको तर्फबाट चिकित्साशास्त्र अध्ययन गराउने शिक्षण संस्थालाई सबै तहमा (स्नातकोत्तर तह डिएम, एमसिएचसमेत)मा नि:शुल्क छात्रवृत्ति उपलब्ध गराएबापत अनुदान वितरण गर्ने बाटो खुलेको छ ।

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको सहअध्यक्षता तथा आयोगका उपाध्यक्ष प्रा डा श्रीकृष्ण गिरी र अन्य सदस्यहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् । ‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् । दरौंखोला तटबन्ध, ...
। नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले अमेरिका र इरानबीचको लडाइँ अन्त्यसँगै विश्वले दिगो शान्तिको अवसर प्राप्त ...