मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव

। नेपाली कांग्रेसले सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अभिव्यक्तिउपर संसद्‌मा गोप्य मतदान गर्ने प्रस्ताव गरेको छ ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरू उठे । सभामुखले समय दिएपछि पार्टीको तर्फबाट बोल्दै कांग्रेसकी सांसद रेखा कुमारी यादवले यस्तो प्रस्ताव राखेकी हुन् ।

‘एउटा गोप्य मतदान गरौं सभामुख महोदय, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सत्तापक्ष र प्रतिपक्ष सबैलाई । जे हुन्छ त्यही गरौंला,’ उनले भनिन्, ‘यदि सत्तापक्षका साथीहरूले हुन्छ, यो मर्यादित छ, राष्ट्रिय अखण्डताको बारेमा छ भन्नुभए राखौंला । यसको निर्णय हुनुपर्छ ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यो यस्तो अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् ।

जततउकस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्द्दटरण्छरज्ञढद्धघडद्दढ

कांग्रेस सांसद रेखा कुमारीले प्रधानमन्त्रीको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफलाई उनले ‘केटाकेटीलाई ललिपप देखाए जस्तो’ भएको बताइन् ।

‘विगतमा केटाकेटीलाई ललिपप देखाएको जस्तो हामीलाई परराष्ट्रमन्त्रीज्यूले जवाफ दिनुभयो । त्यो सबैलाई थाहा छ त्यो ढाकछोप गर्ने मात्रै हो,’ उनले भनिन्, ‘कहिँ पनि नियमावलीअनुसार प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिलाई कुनै मन्त्रीले जवाफ दिने हैन । मन्त्रीले जवाफ दिने भनेको आफ्नो विषयगत विषयमा मात्रै हो ।’

यदि यो कार्य मिडिया ट्रायल हो भने आफूहरूले पनि त्यसैअनुसार लिने उनको चेतावनी छ ।

प्रधानमन्त्रीको अभिव्यक्ति पश्चात ‘देशमा के कस्ता क्रियाकलाप भइराखेको छ ?’ भनेर ख्याल गर्न उनको आग्रह छ । सुस्तामा भाररीय सीमा सुरक्षा बलको उपस्थिति भएको विषय पनि उठाइन् । दार्चुलामा नेपाली आकाशमा भारतीय सेनाको हेलिकप्टर उडेको समेत उनले संसद् बैठकमा बताइन् ।

यसको जवाफ कसले दिन्छ भनेर प्रश्न गरिन् ।

यहीँनेर उनले प्रधानमन्त्री बालेनको अभिव्यक्तिउपर गोप्य मतदानको माग गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले सुकुमवासी समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सप्तरीको राजविराजमा ८५ वर्षदेखि बसोवास गर्दै आएका नागरिकहरू धनीपुर्जाको माग गर्दै एक महिनादेखि आन्दोलित रहेको जानकारी गराए । ७० बिघाको आसपासमा बसोबास गर्ने ती स्थानीयले नगरपालिकालाई कर तिर्दै आए पनि पुर्जा नपाउनु ...
। ललितपुरको डीएभी स्कुलको चौथो तलाबाट खसेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा चाबहिल बस्ने १८ वर्षीय आर्यन सिंह रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । घटना सोमबार दिउँसो साढे १२ बजेको हो । सिंह चौथो तलाबाट खसेका थिए । उपचारका लागि सुमेरु सिटी अस्पताल लगिएको साँझे साढे ६ बजेतिर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले विधिभन्दा बाहिर रहेर पालिका अध्यक्षलाई ‘स्पष्टीकरण’ सोधेका छन् । रास्वपा कार्यकर्ताले स्याङ्जास्थित अर्जुन चौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘स्पष्टीकरण’ सोधेका हुन् । पालिकाका विकास आयोजना, विद्यालयका शिक्षक सरुवा लगायतका विषयहरूमा जानकारी लिन रास्वपा कार्यकर्ताले ‘स्पष्टीकरण’ सोधेका हुन् । तथ्यपरक, पारदर्शी र आधिकारिक ‘स्पष्टीकरण’को माग रास्वपा कार्यकर्ताले गरेका छन् । दरौंखोला तटबन्ध, ...
। चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार शिक्षा तथा खेलकुद र अर्थ मन्त्रालयबाट सहमतिप्राप्त भएको २४ घण्टा नबित्दै आयोगले कार्यविधि पास ...
। नेपाली कम्युनिस्ट पार्टीले अमेरिका र इरानबीचको शान्ति सम्झौताबाट प्राप्त हुने सकारात्मक अवसरलाई सही रुपमा प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपालको संसदबाट पनि त्यसबारे स्पष्ट सन्देश प्रवाह गर्नुपर्ने सो पार्टीको माग छ । आजको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका नेता प्रमेश हमालले अमेरिका र इरानबीचको लडाइँ अन्त्यसँगै विश्वले दिगो शान्तिको अवसर प्राप्त ...