मुख्य समाचार
जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा

। जेठ महिनामा ६१ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार जेठ महिनामा ६१ हजार ७२ जना नेपालीले श्रम स्वीकृति लिएका छन् ।

जसमा ५३ हजार ६ सय ९८ जना पुरूष र ७ हजार ३ सय ७४ महिला रहेका छन् । वैशाख महिनामा भने ७४ हजार ४ सय २९ जना नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

वैशाखको तुलनामा जेठमा वैदेशिक रोजगारीमा जानेको संख्या १३ हजार ३ सय ५७ ले कमी आएको हो । जेठ महिनामा म्यानपावर कम्पनीहरूमार्फत १९ हजार ४ सय ५५ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै व्यक्तिगत श्रम स्वीकृतिमार्फत ११ हजार ५ सय ३ जना, जी–टु–जी मार्फत ६ सय ५२ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् ।

एक महिनाको अवधिमा २९ हजार ३ सय ७१ जनाले पुनः श्रम स्वीकृति लिएका छन् भने विभिन्न देशमा विना कागजात बनेका ९१ जना वैधानीकरण भएका छन् ।

जेठ महिनामा सबैभन्दा बढी नेपाली मलेसिया गएका छन् । मलेसियाका लागि ८ हजार १ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै यूएईका लागि ५ हजार ३ सय ९४ जना, कतारका लागि २ हजार ८ सय ८३ जना, साउदीका लागि २ हजार ५ सय ९८ जना, रोमानियाका लागि २ हजार १ सय २६ जनाले श्रम स्वीकृति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा महामन्त्री एवं सांसद कबिन्द्र बुर्लाकोटीले आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन् । मंगलबार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले आफूले नियुक्ति प्रक्रियामा नभइ पार्टीको आन्तरिक टिकट वितरणका लागि नम्बर थपिने कुरा गरेको बताएका हुन् । विश्वविद्यालयको उपकुलपति छनोट गर्न सरकारले बनाएको योग्यता प्रणाली भन्दा फरक हुने गरी रास्वपा महामन्त्री बुर्लाकोटीले अभिव्यक्ति दिएको भन्दै आलोचना भएको ...
। परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिमा योगदान पुर्‍याउन आह्वान गरेका छन् । चीनको चार दिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामर्थ्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल ...
। मानव बेचबिखन तथा ओसारपसार कसुरका दुई प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको बेलका नगरपालिका–६ कि ३६ वर्षीया पूर्णिमा राई र काभ्रेको धुलिखेल नगरपालिका–१ का ३० वर्षीय सञ्जय तामाङ छन् । उनीहरूले एक महिलालाई टिकटक लाइभमा नग्न बस्न लगाएर भिडियो बनाएकाे र त्यही भिडियाे बनाएर बार्गेनिङ गरेको प्रहरीले जनाएकाे छ । त्यही भिडियाेका देखाउँदै ती ...
। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका वडा नम्बर १२ डाँडाटोल बिजलपुरामा गत शुक्रबार राति भएको स्थानीय रिङ्कुकुमारी सिंहको मृत्यु प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक रिङ्कुका पति शशिकुमार सिंह, ससुरा रामबाबु सिंह र सासू ललितादेवी सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेले बताए । पक्राउ परेका तीनै जनालाई प्रहरीले महोत्तरी ...
। कञ्चनपुरमा प्रहरीले जुवाखालमा छापा हानेर नगदसहित ११ जनालाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ भगतपुरमा ४३ वर्षीय कृष्णप्रसाद चौधरीको घरमा जुुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसोे चौधरीको घरमा जुवातास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छापा मारेर उनीसहित ११ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले घटनास्थलबाट नगद ३३ ...