मुख्य समाचार
२८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात
२८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात

। एर्लिङ हालान्डले दुई गोल गरेपछि २८ वर्षपछि पुनरागमन गरेको नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ ।

अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४-१ गोलअन्तरले पराजित गर्‍यो ।

नर्वेको जितमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गर्दा एक गोल उपहार पायो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरे ।

हाल्याण्डले खेलको २९औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेल बराबरीमा फर्काए ।

खेलको ४३औं मिनेटमा हाल्याण्डले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेलाई दोस्रोपटक अग्रतामा पुर्‍याए । ७६औं मिनेटमा नर्वेका लियोले हेडमार्फत गोल गर्दै अग्रताको दुरी बढाए ।

दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा आत्मघाती गोल हुँदा नर्वेले ४–१ ले वियजी भयो । इराकका हुसेनले प्रहार गरेको बलमा आफ्नो गोलपोष्टमा छिरेपछि नर्वेले एक गोल उपहार पाएको हो ।

यो जितपछि नर्वे ३ अंकसहित समूह ‘आई’ को शीर्ष स्थानमा छ । समान ३ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । पहिलो खेलमा हार बेहोरेका सेनेगल र इराक अंकविहीन छन् ।

नर्वेले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । उक्त विश्वकपमा अन्तिम १६ सम्म पुगेको नर्वे त्यसपछि छनोट हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कर्णाली रङ्गशालाको अनुगमन गरेका छन् । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेको कर्णाली प्रदेश रंगशालाको पोखरेलले अनुगमन गरेका हुन् । अनुगमनका क्रममा मन्त्री पोखरेलले राष्ट्रिय खेलकुदको मिति चाँडै तोक्ने योजना भएको बताए । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्दले मन्त्री पोखरेललाई रंगशालाको हालको अवस्था बारे जानकारी गराएका थिए ...
। कप्तान केलिएन एमबाप्पेले दोस्रो हाफमा दुई गोल गरेपछि साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदै शानदार सुरुवात गरेको हो । जितपछि फ्रान्सले समूह आईमा ३ अंक जोडेको छ । फ्रान्सको जितमा कप्तान एमबाप्पेले २ र ब्राडली बारकोलाले एक गोल ...
। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो । यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा ...
। कप्तान लियोनल मेस्सीको ह्याट्रिकमा साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप –२०२६ को शानदार सुरुवात गरेको छ । अमेरिकाको कान्सास सिटी रंगशालामा बुधबार बिहान भएको खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दै अर्जेन्टिनाले शानदार सुरुवात गरेको हो । अर्जेन्टिनाका लागि सबै गोल कप्तान मेस्सीले गरे । छैटौं पटक विश्वकप खेलेका मेस्सीले पहिलोपटक ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलको १७औं, ...
। अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् । अमेरिकाको कान्सास सिटी रंगशालामा जारी खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पूरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे । छैटाै‌ँ पटक विश्वकप खेलेका मेस्सीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् । यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल ...