: झापाको गौरादहमा टिपरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका–४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति करिब ८ः२० बजे गौरादह–१ स्थित नवदुर्गा पेट्रोल पम्प नजिक पाडाजुगी–गौरीगञ्ज भित्री सडक खण्डमा डिपुचोकबाट पेट्रोल पम्पतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ११८८ नम्बरको टिपरले साइकल यात्री गुरागाईँलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनलाई तत्काल उपचारका लागि दमक अस्पताल पठाइएकोमा उपचारकै क्रममा राति ८ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि टिपर चालक गौरादह–१ निवासी ३५ वर्षीय उमेश ताजपुरिया र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।