मुख्य समाचार
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी

: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन्। उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन्।

स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताएका छन्। विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको ४ पेज लामो इमेलमा उनीहरूले आफूहरूविरुद्ध भ्रमपूर्ण भाष्य सिर्जना नगर्न र धरपकड नगर्नसमेत अनुरोध गरेका छन्।

‘हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हाम्रो विरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ,’ पत्रमा भनिएको छ, ‘अतः आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमै स्पष्ट गर्न चाहेका छौं।’



देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण गराएका छन्। ‘कसुर पुष्टि गर्ने कुनै ठोस प्रमाण नभए पनि नेपालबाहिर रहेको हुनाले नेपाल ल्याउने प्रयोजनको लागि इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्नुपर्ने बाध्यता रहेको भनी जिकिर लिएको कुरा हाम्रा कानुन व्यवसायीहरूबाट जानकारी हुन आएको हुनाले यो निवेदन गरेको छु,’ पत्रमा लेखिएको छ।

गत असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। अनुसन्धान टोलीले देउवाको ध्वस्त भएको भवनमा बसी अनुसन्धान गरिसकेको थियो। तर, २०८२ फागुन १३ गते नेपाल बाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको देउवाले बताएका छन्।

देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियारलगायत कुनै संवैधानिक निकायले छानबिन नगरेको र विभागको छानबिनबाट समेत कुनै बहुमूल्य वस्तु फेला नपरेको जिकिर गरेका छन्। उनीहरू २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले ‘ओभर–द–टप’ (ओटीटी) प्लेटफर्मलाई औपचारिक रूपमा दर्ता तथा नियमनको दायरामा ल्याएको छ। सूचना तथा सञ्चार मन्त्रालयले राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा संशोधन गर्दै डिजिटल प्रसारण प्रणालीअन्तर्गत सञ्चालन भइरहेका ओटीटी सेवा प्रदायकहरूलाई कानुनी रूपमा नियमन गर्ने व्यवस्था गरेको हो। सोमबार राजपत्रमा प्रकाशित संशोधित नियमावलीअनुसार अब नेपालभित्र सेवा दिने वा सामग्री प्रसारण गर्ने विदेशी तथा स्वदेशी ‘ओटीटी ...
: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न कुटनीतिक माध्यमबाट पहल भइरहेको बताएकी छन् । बुुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै उनले चिया निर्यातमा देखिएका प्रविधिक तथा व्यापारिक अवरोध समाधानका लागि कूटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिएकी हुन् । चिया तथा अलैँची लगायत ...
: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले चिया पिएको भिडियो त देखिएको तर, चिया किसान र उद्योगको समस्या समाधानका लागि चासो देखाएको नदेखिएको भन्दै ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद राईले छिमेकी देश भारतले नेपालको चिया निर्यातमा अवरोध सिर्जना गर्दा पूर्वी जिल्लाहरुका उद्योगहरु बन्द अवस्थामा रहेको बताए । उनले ...
: युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बैदेशिक रोजगार ऐन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बिनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले वैदेशिक रोजगार ऐनलाई समसामयिक बनाउन र यस क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधनको तयारी भइरहेको बताएका हुन् । उनले फ्री भ्रिसा फ्री टिकटको व्यवस्थाले श्रमिकहरु ...
: झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुन] भएको छ । उद्योग बन्द हुने भएपछि करिब ६० हजार कर्मचारी तथा मजदुरले रोजगारी गुमाउने भएका छन् । जिल्लामा एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग रहेका छन् । मे १२ तारिखमा भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड ...