मुख्य समाचार
एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाए
एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाए

: बेलायत र मस्कोबीच तनाव बढिरहेका बेला मंगलबार बिहान इङलिस च्यानलमा यात्रा गरिरहेको एक बेलायती निजी याट (बिलासी जहाज) नजिक रुसी युद्धपोतले चेतावनीस्वरूप गोली चलाएको छ । यो दुर्लभ घटना बिहान ११ः४० बजे इङलिस च्यानलमा, आइल अफ वाइट (टापु) बाट २० माइलभन्दा बढी दक्षिण र नोर्मान्डीबाट करिब ४० माइल उत्तरतर्फ भएको थियो ।

‘ब्राइट फ्युचर’ नामको निजी याट रुसी युद्धपोत एडमिरल ग्रिगोरोभिच नजिक पुगेपछि चेतावनी दिइएको बताइएको छ । बेलायती स्रोतहरूका अनुसार याटले युद्धपोत नजिक पुगेपछि रुसी सैनिकहरूले एक भन्दा बढी चेतावनी गोली चलाएका थिए । रुसी रक्षा मन्त्रालयले भने याट ‘खतरनाक मार्ग’ मा रहेको, बारम्बार सम्पर्क गर्ने प्रयास गरिएको र संकेत रकेट प्रहार गरिए पनि याट १५० मिटरको दूरीसम्म आइपुगेपछि चेतावनी गोली चलाइएको दाबी गरेको छ ।

याटमा सवार बेलायती अवकाश प्राप्त दम्पती जेन केल्भी र एलन केल्भीले भने रुसी दाबी अस्वीकार गरेका छन् । जेन केल्भीका अनुसार युद्धपोतले पाँच पटक हर्न बजाएपछि उनीहरूले आफ्नो दिशा परिवर्तन गरेका थिए र उनीहरू कुनै टक्करको मार्गमा थिएनन् । उनले भने, ‘उनीहरूले कुनै फ्लेयर प्रक्षेपण गरेनन्, रेडियोमार्फत सम्पर्क पनि गरेनन् । हामी उनीहरूलाई ठोक्किन लागेका थिएनौं । गोली चलेपछि मात्र यो घटना बनेको हो ।’ यस घटनामा कुनै मानवीय क्षति वा भौतिक नोक्सानी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघको एक टोलीले यसै साता सिरियामा बसर अल असदको समयका अघोषित केही आणविक स्थलको पहिलोपटक निरीक्षण गरेको छ । इन्टरनेसनल एटोमिक इनर्जी एजेन्सी (आईएईए) का महानिर्देशक राफाएल ग्रोसी र उनको टोलीले सिरियामा तत्कालीन समयमा बनेका आणविक केन्द्को निरीक्षण गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कूटनीतिक प्रयासपछि सिरिया र इजरायलसँग समझदारी बनेको थियो । ...
। रूसमा हालै भएको युक्रेनी आक्रमणमा बेलायतमा निर्मित ड्रोन प्रयोग भएको पुष्टि भएपछि रूसले दिएको चेतावनीका बाबजुद बेलायतले युक्रेनलाई पूर्ण समर्थन जारी राख्ने जनाएको छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नह्यामले विज्ञप्ति जारी गर्दै युक्रेनलाई आवश्यक परेको समयमा बेलायत सधैँ साथमा रहने बताएका छन्। युक्रेनलाई निरन्तर सैन्य सहयोग प्रदान गर्दा रूसबाट उत्पन्न हुन सक्ने जोखिमबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बर्नह्यामले ...
। बंगलादेशमा ३५ वर्षको लामो अन्तरालपछि आज राष्ट्रपति निर्वाचन हुँदैछ । स्थानीय समय अनुसार संसदमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । निर्वाचनमा सत्तारूढ दलका सांसद तथा बीएनपी नेता मिर्जा फखरुल इस्लाम आलमगीर र ११ दलको विपक्षी गठबन्धनका उम्मेदवार कर्णेल ओली अहमदबीच प्रतिस्पर्धा हुँदैछ । यसै वर्ष १२ फेब्रुअरीमा भएको आम निर्वाचनबाट बीएनपी सत्तामा फर्किएको ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आर्थिक वा अन्य प्रकारको सहयोग गर्ने देशहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले इरानमाथि अहिलेसम्मकै ठूलो आर्थिक दबाब अभियान अघि बढाउने संकेत गर्दै त्यसमा सहयोग गर्ने कुनै पनि देश, कम्पनी वा संस्थालाई नछाडिने बताएका हुन् । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउने देशमाथि ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने सामानमा प्रस्तावित ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोक्ने घोषणा गरेका छन्। ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै लेखेका छन्, ‘मैले क्यानाडामाथि लाग्ने ५० प्रतिशत ट्यारिफ तीन दिनका लागि रोकेको छु। यो ट्यारिफ भोलि बिहानदेखि कार्यन्वयन हुनेवाला थियो। कागजातहरूलाई अन्तिम रूप दिएपछि क्यानाडा र अमेरिकाबीच सम्झौता भएकाले यसलाई ...