। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट वाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी घर भएका ४० वर्षीय बेचन मिया र चिनियाँ नागरिक ५१ वर्षीय मो युलोङ रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
मिया कतार एयरको उडानद्वारा काठमाडौंबाट दोहा जान लागेका थिए भने चिनियाँ नागरिक युलोङ चाइना इस्टर्नको जहाजबाट कुनमिङ जान लागेका थिए ।
बेचनको साथबाट कतारी रियाल ४२ हजार ४ सय र युलोङको साथबाट अमेरिकी डलर ७ हजार ५ सय फेला पारी पक्राउ गरेको हो ।