मुख्य समाचार
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ४१ करोड ११ लाख विनियोजन
मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ४१ करोड ११ लाख विनियोजन

। कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत आफ्नो मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले वन्यजन्तुबाट हुने क्षति घटाउन तथा प्रभावित परिवारलाई सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

मन्त्री चौधरीले वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० अनुसार हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, मगर गोही, अजिङ्गर, बाँदर, बँदेल तथा नीलगाईसहित १६ प्रजातिका वन्यजन्तुबाट मानव जीवन, पशुधन तथा बालीमा पुगेको क्षतिका लागि राहत उपलब्ध गराइँदै आएको जानकारी दिइन् ।

उनले आगामी आर्थिक वर्षका लागि पहिलोपटक ‘मानव–वन्यजन्तु सहअस्तित्व’ शीर्षकमा छुट्टै बजेट उपशीर्षक व्यवस्था गरिएको उल्लेख गर्दै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न रु ४१ करोड ११ लाख विनियोजन गरिएको बताइन् ।

वन तथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुको बासस्थान सुधार, आहार व्यवस्थापन, वैकल्पिक खेती प्रणाली तथा इको–टुरिजम प्रवद्र्धनमार्फत स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउने कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।

मन्त्री चौधरीका अनुसार चितुवा र बाघका कारण उत्पन्न समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन प्राप्त भइसकेको छ । उक्त प्रतिवेदनका सुझाव अध्ययन गरी क्रमिक रूपमा कार्यान्वयन गरिनेछ । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी अध्ययनका लागि गठन गरिएको समितिले प्रतिवेदन बुझाएलगत्तै आवश्यक निर्णय तथा कार्यान्वयन प्रक्रिया अघि बढाइने उनले बताइन् ।

मुलुकको पूर्वी भागमा हात्तीका कारण उत्पन्न समस्याप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै मन्त्री चौधरीले स्थानीय तह, प्रदेश सरकार, सङ्घीय सरकार तथा सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्याको दीर्घकालीन समाधानका लागि ठोस कदम चालिने उल्लेख गरिन् । रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। महिला, बालबालिका तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को संशोधन प्रक्रिया सुरु भइसकेको बताएकी छिन् । बुधवार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएकी हुन् । मन्त्री वादीले महिलाविरुद्ध हुने कुनै पनि किसिमको कार्यलाई कानून बमोजिम दण्डनीय बनाई ...
। आगलागीबाट घाइते भएर उपचाररत रहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ रैतेका एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार रैतेका ३९ वर्षीय थमबहादुर सार्कीले बुधबार मृत्यु भएको हो । उनले दिउँसो आफू सुत्ने कोठामा आफैं आगो लगाएको प्रहरीले जनाएको छ । उक्त आगोमा उनी गम्भीर रूपमा जलेका थिए । घटनामा सार्कीको अनुहारलगायत शरीरका विभिन्न भाग ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छन् । बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरु तयार गर्न आग्रह गरेकी हुन् ...
। यही असारको तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण सुरु गरिने भएको छ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले यसबारे जानकारी गराएकी हुन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री रावलले सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारीमा रहेको जानकारी दिएकी हुन् । श्रम संस्कृति पार्टीका अध्यक्ष ...
। सत्तारुढ रास्वपा सांसद इन्दिरा राना मगरले संकटमा परेका जनताको समस्या तत्काल समाधान हुने गरी बजेटका व्यवस्था गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएकी छिन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले अर्थमन्त्री वाग्लेको ध्यानाकर्षण गराएकी हुन् । ‘अर्थमन्त्रीज्यूलाई म यो अनुरोध गर्दछु–झापाको मात्रै होइन, जुम्ला, हुम्ला त्यस्ता बिकट, जहाँ एकदमै जनता चुनौतिपूर्ण भएर बस्नु परेको छ ...