मुख्य समाचार
गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख
गण्डकी सरकारले माफी माग्दै सच्यायो पर्यटनको बजेट, २ अर्ब होइन ९२ करोड ४९ लाख

। गण्डकी प्रदेश सरकारले बजेट वक्तव्यमा उल्लेख भएको उद्योग तथा पर्यटन मन्त्रालयको बजेट रकम सच्याएको छ ।

असार १ गते सार्वजनिक गरिएको बजेटमा २ अर्ब रुपैयाँ उल्लेख गरिए पनि वास्तविक विनियोजन ९२ करोड ४९ लाख रुपैयाँ रहेको भन्दै अर्थमन्त्री जितबहादुर शेरचनले बुधबार प्रदेश सभालाई जानकारी गराएका हुन् ।

बजेट वक्तव्यको बुँदा नम्बर ५६ मा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख थियो । तर, मन्त्रालयगत बजेट र रातो किताबमा रहेको रकमसँग उक्त अंक नमिलेपछि प्रश्न उठेको थियो ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित मन्त्रीहरूको छलफलले वक्तव्यलाई मिलाउनुभन्दा त्रुटि सच्याएर संसदलाई जानकारी गराउने निष्कर्ष निकालेको थियो ।

प्रदेश सभामा अर्थमन्त्री शेरचनले ‘बुँदा नम्बर ५६ मा ९२ करोड ४९ लाख रुपैयाँ हुनुपर्नेमा अन्यथा उल्लेख भएको’ भन्दै मन्त्रालयको तर्फबाट भएको कमजोरीप्रति क्षमायाचना गरे । ‘बुँदा नम्बरमा ५६ मा ९२ करोड ४९ लाख हुनुपर्नेमा अन्यथा भएको जानकारी चाहन्छु’, अर्थमन्त्री शेरचनले संसदमा भने, ‘मन्त्रालयको तर्फबाट भएको कमजोरीको आत्मसात गर्दै क्षमा चाहन्छु ।’

बजेटअनुसार उद्योग तथा पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार विस्तार, पोखरा तथा प्रमुख पर्यटकीय गन्तव्यको प्रवर्द्धन, धार्मिक तथा सांस्कृतिक पर्यटन विकास, होमस्टे तथा ग्रामीण पर्यटन कार्यक्रम, पर्यटनसँग सम्बन्धित सीप विकास तथा उद्यमशीलता प्रवर्द्धनलाई प्राथमिकतामा राखेको छ । साथै निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र गन्तव्य व्यवस्थापनका कार्यक्रम पनि समेटिएका छन् ।

३२ अर्ब ९९ करोड रुपैयाँको प्रदेश बजेटमा उद्योग तथा पर्यटन क्षेत्रका लागि २ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख भएपछि रकम मिलाउने प्रयाससमेत आन्तरिक छलफल भएको थियो । अन्ततः सरकारले त्रुटि स्वीकार गर्दै वास्तविक रकमबारे संसदलाई जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरको आगामी आवको बजेटमा यो विषय उल्लेख छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहित स्मारक निर्माण गर्न बजेट ...
। विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै छ । यस निम्ति आवश्यक काम अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जनका लागि कार्यदल गठनका लागि कार्य अगाडि बढाइसकिएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा भने । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल लगायत चार जनालाई पक्राउ गरेपछि ई-पासपोर्ट खरिदको अनुसन्धान अघि बढाएको छ । सेवाग्राहीको वैयक्तिक विवरण संकलन, प्रशोधन र पासपोर्ट वितरणलाई दुईवटा प्याकेजमा विभाजित गरेर विभागले ठेक्का दिएको थियो । अख्तियारले त्यही दुईवटा प्याकेजमा भएको ठेक्काको अनुसन्धान गरिरहेको हो । सर्भर प्राविधिक रुपमा योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको ...
। काठमाडौं महानगरपालिकाले आफ्नै अस्पताल निर्माणको घोषणा गरेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले सो घोषणा गरेकी हुन् । उनका अनसार महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘बहालमा लिए–दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता ...
। काठमाडौं महानगरपालिकाले कर सहभागिता बढाउन छुट योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ । कार्यबाहक मेयर सुनिता डंगोलले बिहीबार ...