मुख्य समाचार
यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको
यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको

। गृहमन्त्री सुधन गुरुङले यस वर्षको मनसुनजन्य विपदमा ‘मन्त्रीको निरीक्षण भन्दा जनताको सुरक्षा’का लागि ध्यान दिइएको बताएका छन् । त्यसका लागि हेलिकप्टर खटाउनेदेखि मोबाइल एपमार्फत् पहिरोग्रस्त क्षेत्र पहिचान गर्ने लगायतका काम हुने उनले जानकारी दिए ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री गुरुङले सो जानकारी दिएका हुन् ।

उनले भने, ‘हाम्रो लाइन मिनिस्ट्रीले एउटा एप बनाउनु भएको छ । डोजरहरु कहाँकहाँ छ भन्ने हामीलाई ठ्याक्क थाहा हुन्छ । यदि त्यो एरियामा रेस्पोन्स गर्नुपर्यो भने तुरुन्तै बाटो खुलाउने हिसाबले हामीले एउटा एप डेभलप गरेका छौं ।’

विगतमा आफू पनि विपदका बेला उद्धार तथा राहतमा खटिएको जानकारी दिँदै उनले विगतको सरकारबाट भएका कमीकमजोरी यसपटक नहुने जिकिर गरे ।

कुनै पनि नागरिकलाई विगतमा जस्तो धेरै समय सडकमा रोकिन नपर्ने गरी सकेसम्म राम्रो गर्न कोसिस गरिरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरको आगामी आवको बजेटमा यो विषय उल्लेख छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहित स्मारक निर्माण गर्न बजेट ...
। विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै छ । यस निम्ति आवश्यक काम अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जनका लागि कार्यदल गठनका लागि कार्य अगाडि बढाइसकिएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा भने । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल लगायत चार जनालाई पक्राउ गरेपछि ई-पासपोर्ट खरिदको अनुसन्धान अघि बढाएको छ । सेवाग्राहीको वैयक्तिक विवरण संकलन, प्रशोधन र पासपोर्ट वितरणलाई दुईवटा प्याकेजमा विभाजित गरेर विभागले ठेक्का दिएको थियो । अख्तियारले त्यही दुईवटा प्याकेजमा भएको ठेक्काको अनुसन्धान गरिरहेको हो । सर्भर प्राविधिक रुपमा योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको ...
। काठमाडौं महानगरपालिकाले आफ्नै अस्पताल निर्माणको घोषणा गरेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले सो घोषणा गरेकी हुन् । उनका अनसार महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘बहालमा लिए–दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता ...
। काठमाडौं महानगरपालिकाले कर सहभागिता बढाउन छुट योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ । कार्यबाहक मेयर सुनिता डंगोलले बिहीबार ...