मुख्य समाचार
युक्रेनले गर्‍यो मस्कोमा ठूलो हमला, जेलेन्स्कीले भने– ‘१५ जुनको बदला’
युक्रेनले गर्‍यो मस्कोमा ठूलो हमला, जेलेन्स्कीले भने– ‘१५ जुनको बदला’

। युक्रेनले ड्रोनमार्फत रुसको राजधानी मस्कोमा ठूलो हमला गरेको छ । उक्त हमलालाई रुस–युक्रेन युद्ध सुरु भएयता युक्रेनले मस्कोमा गरेको सबैभन्दा ठूलो हमला भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् ।

करिब २०० ड्रोनले रुसको राजधानी मस्कोका विभिन्न टार्गेटहरूमा विष्फोट गराएको भनिएको छ । विष्फोटबाट कैयौं ठाउँमा आगजनी भएको छ भने ठूलो धुँवा निस्किएको तस्वीरहरू आइरहेका छन् ।

मस्कोका गभर्नर आन्द्रे भोरोब्योभले युक्रेनको यो हमलाबाट १७ जना घाइते भएको प्रतिक्रिया दिएको सञ्चारमाध्यमले लेखेका छन् । यस्तै रुसी रक्षा मन्त्रालयले पछिल्ला २४ घण्टामा देशैभर कम्तीमा एक हजार युक्रेनी ड्रोन र चार क्रुज मिसाइल खसालिएको जनाएको छ ।

यस्तै, रुसको दक्षिणी क्षेत्रमा रहेको रोस्तोभ क्षेत्रको एक तेल भण्डारमा पनि हमला भएको समाचार छ । जहाँ एक जनाको ज्यान गएको भनिएको छ ।

‘१५ जुनको बदला’

हमलापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिक्रिया दिँदै यो हमला ‘१५ जुनको बदला’ रहेको भनेका छन् ।

बिहीबार पत्रकारसँग कुराकानी गर्दै उनले रुसले १५ जुनमा युक्रेनको राजधानी किभमा गरेको हमलाको बदलामा यो हमला गरेको प्रतिक्रिया दिएका हुन् ।

रुसको त्यो हमलामा किभमा मात्रै ४ र देशभर ९ जनाको मृत्यु भएको थियो ।

‘यदि युक्रेन जल्छ भने तपाईँको मस्को पनि जल्नेछ’, जेलेन्स्कीले प्रतिक्रिया दिँदै भनेका छन्,‘युक्रेन हरेक हमलाको जवाफ दिन्छ । चुपचाप बस्दैन ।’

यस्तै, उनले रुसलाई तत्काल युद्ध समाप्त गर्न पनि आग्रह गरेका छन् । ‘अब यो युद्ध समाप्त गर्ने समय आइसकेको छ । रुसले कूटनीतिक क्षेत्रमा आवश्यक कदम उठाउन जरुरी छ,’ जेलेन्स्कीले भने ।

जेलेन्स्कीले आफूले कहिल्यै युद्ध नचाहेको पनि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘हामी युद्ध चाहदैनौं र कहिल्यै चाहेका पनि थिएनौं । तर, युक्रेन जल्छ भने तपाईँको मस्को पनि जल्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...