मुख्य समाचार
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर

। पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच सम्झौतापत्रमा मध्यस्थकर्ताका रूपमा हस्ताक्षर गरेका छन् । सरिफले ‘इस्लामावाद एमओयू’मा हस्ताक्षर गरेका हुन् । पाकिस्तानको प्रधानन्त्री कार्यालयका तर्फबाट बिहीबार जारी भिडिओमा सरिफ सम्झौतापत्रमा हस्ताक्षर गरिरहेका देखिन्छन् ।

यसअघि त्यो सम्झौताका दुई पक्ष अर्थात् अमेरिका र इरानले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

सरिफले त्यसअघि सम्झौता तत्काल लागु हुने बताएका थिए ।

सरिफले एक्समा अगाडि लेखेका छन्, ‘मलाई यो कुुरा बताउँदा गर्व महशुस भइरहेको छ । अमेरिका र इरानबीच ऐतिहासिक इस्लामावाद एमओयू इलेक्ट्रोनिक रूपमा हस्ताक्षर भएको छ । यस सम्झौतामा दुवै देशका राष्ट्रपतिले हस्तक्षर गरेका छन् र मैले मध्यस्थताको हैसियतमा यसलाई मञ्जुरी दिएको छु ।’

दुवै सरकारले उच्च स्तरबाट सम्झौतापत्रमा हस्ताक्षर गर्नुले दुवै पक्ष संघर्षको समाधान वार्ताबाट निकाल्न गम्भीर रहेको देखिएको प्रधानमन्त्री सरिफले भनेका छन् ।

‘इस्लामावाद एमओयू तत्काल लागु हुनेछ । पहिलो कदम स्वरूप इरान तत्काल होर्मुज स्ट्रेल खोल्ने र अमेरिका तत्कालै नौसेनाको नाकाबन्दी हटाउनेछ,’ सरिफले एक्समा लेखेका छन् ।

प्रधानमन्त्री सरिफले अमेरिका र इरानका शीर्ष नेताप्रति आभार व्यक्त पनि गरेका छन् । यस्तै, यो काममा कतारको भूमिकाको पनि जानकारी दिएका छन् ।

सरिफले साउदी अरब, टर्की, इजिप्टका नेताले पनि सम्झौता गराउनमा योगदान रहेको भन्दै सराहना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...