मुख्य समाचार
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिकाे समूह ए काे विजेताकाे रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ ।

रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि पर्याप्त भयो ।

खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि मेक्सिकोले फाइदा उठायो । मिडफिल्डर रोमोले सही समयमा बललाई खाली पोस्टको दिशा दिए ।

दक्षिण कोरियाले खेलको ८७औँ मिनेटमा बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, चो ग्यु–सुङको नजिकैको हेडरलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले बचाए ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्याे ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो । २ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जिवितै छ ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

समूहको शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको मेक्सिकोले जुलाई १ मा मेक्सिको सिटीमा हुने राउन्ड अफ ३२ को खेलमा समूह सी, ई एफ एच वा आई मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

खेलपछि मेक्सिकोका प्रशिक्षक जोभियर एगिरेले एउटा गल्तीले नै जित–हारको निर्णय भएको बताए ।

‘खेल कठिन थियो । हामी उनीहरूलाई राम्रोसँग चिन्छौं । उनीहरूले हामीमाथि धेरै दबाब सिर्जना गरे । उनीहरूले हामीलाई कुनै पनि खाली ठाउँ दिएनन्, र हामीले पनि उनीहरूलाई दिएनौं । अन्ततः खेल यस्तो बन्यो कि एउटा गल्तीले नै जित–हारको निर्णय गर्ने जस्तो महसुस भयो,’ उनले भने ।

दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले आफ्नो योजना अनुसार नै खेलेपनि गोल खानु निराशाजनक भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले ठ्याक्कै आफ्नो योजना अनुसार नै खेल्यौँ। जुन तरिकाले हामीले गोल खायौँ, त्यो निराशाजनक थियो। हामी समूह चरणको अन्तिम खेलमा आफ्नो सम्पूर्ण शक्तिका साथ प्रस्तुत हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे । ‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन् । उनी स्कटल्याण्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने ...
। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा ...
। ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ...
। गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार ...