मुख्य समाचार
राज्य सञ्चालन गर्न ऋण दिनुको विकल्प नभएको
राज्य सञ्चालन गर्न ऋण दिनुको विकल्प नभएको

। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्न ऋण दिनुको विकल्प नभएको बताएका छन् ।

प्रतिनिधिसभामा बजेट छलफल क्रममा उठेका विषयबारे आज उत्तर दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । सांसदले सार्वजनिक ऋण भार बढाइएको भन्दै प्रश्न गरेका थिए ।

यसको जवाफमा उनले भने, ‘राज्य सञ्चालन गर्न राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन ।’

आगामी आर्थिक वर्ष वैदेशिक र आन्तरिक ऋण क्रमश: २ खर्ब ४७ अर्ब र ४ खर्ब १० अर्ब परिचालन गरिने उनले जानकारी दिए । सोही अवधिमा आन्तरिक ऋणको सावाँ र ब्याज भुक्तानीका लागि २ खर्ब ४६ अर्ब खर्च हुने र खुद १ खर्ब ६४ अर्ब आन्तरिक ऋण परिचालन हुने उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकताप्राप्त आयोजनामा विनियोजन गरिएको बताए । अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि नगरिएको अर्थमन्त्रीको दाबी छ ।

पूँजीगत खर्च अत्यन्त न्यून रहेको तर रकम थुपारेर राख्ने प्रवृत्तिमा जवाफ दिँदै अर्थमन्त्रीले पूँजीगत खर्च बढाउन सरकारले प्रयास गरेको बताए ।

विनियोजन ऐन २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ संशोधन गरी पूँजीगततर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको उनले जानकारी दिए ।

आयोजना प्रमुख लगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिने र पूँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने अर्थमन्त्रीको प्रतिबद्धता छ ।

मध्यमकालीन खर्च संरचनासँग वार्षिक बजेट विनियोजनको तादात्म्यता नदेखिएको सन्दर्भमा अर्थमन्त्रीले राष्ट्रिय स्रोत अनुमान समितिले राष्ट्रिय स्रोत र खर्च सीमा निर्धारण गर्ने र सोही अनुरूप अर्थ मन्त्रालयले सबै मन्त्रालयलाई बजेट सिलिङ उपलब्ध गराउने प्रक्रियाबारे जानकारी दिए ।

पूँजीगत बजेटबाट चालु खर्चमा रकमान्तर गर्न पाइँदैन । तर, साँवाब्याज भुक्तानीका लागि रकमान्तर गर्न सकिने व्यवस्था किन राखियो भन्दै सांसदले प्रश्न गरेका थिए ।

जवाफमा अर्थमन्त्री वाग्लेले पूँजीगत खर्च कम भएको अवस्थामा ऋणको दायित्व घटाउने प्रयोजनका लागि उक्त व्यवस्था गरिएको दाबी गरे । सार्वजनिक ऋणको साँवाब्याज रकमान्तर गर्न सकिने विषयलाई सम्बन्धित आर्थिक वर्षको विनियोजन ऐनले दिएको अधिकार अन्तर्गत नै रकमान्तर गर्ने गरिएको उनको भनाइ छ ।

राष्ट्रिय गौरबका आयोजनाको बजेट घटाइने छैन भन्ने प्रतिवद्धता बजेटमा नआएको भन्दै सांसदले प्रश्न गरेका थिए । जवाफमा अर्थमनन्त्रीले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्ने स्पष्ट मार्गचित्र सहित आगामी आवका लागि आवश्यक बजेट पर्याप्त मात्रामा विनियोजन गरिएको बताए ।

त्यस्तै स्थानीय र प्रदेशमा जाने अनुदान नघटेको उनको दाबी छ । वित्तीय समानीकरण अनुदान प्रदेश र स्थानीय तहमा गत वर्षभन्दा क्रम‍श: ८४ करोड र १ अर्ब २३ करोड बढेको अर्थमन्त्रीले बताए । ससर्त अनुदान प्रदेशमा गत वर्षभन्दा ९ अर्ब ३७ करोडले बढेको छ ।

शिक्षा, स्वास्थ्य र विद्युतमा महसुल लगाइएको सन्दर्भमा समता करले आधारभूत सेवा प्राप्त गर्न कुनै बाधा व्यवधान नगर्ने दाबी अर्थमन्त्रीको छ । निजी एवं संस्थागत विद्यालय तथा अस्पतालबाट संकलित राजस्व दुर्गम र विपन्न समुदायमा शिक्षा तथा स्वास्थ्यको पहुँच अभिवृद्धि र गुणस्तर सुधारमा लगानी गरिने उनले बताए ।

सांसदले गेमचेन्जर आयोजना आएनन् कि भन्ने प्रश्न गरेका थिए । अर्थमन्त्रीले साविकका राष्ट्रिय महत्त्वका राष्ट्रिय गौरव एवं रूपान्तरणकारी आयोजनालाई सम्पन्न गर्ने गरी बजेट विनियोजन गरिएको बताए ।

कृषिमा न्यून बजेट विनियोजन गरिएको र २ करोड लगानी गर्ने कृषकलाई अनुदान दिएर गरिब किसानलाई प्राथमिकता दिइएको उनको दाबी छ । कृषि क्षेत्रको विकासका लागि ४७ अर्ब विनियोजन गरिएको र रासायनिक मल खरिदमा मात्र ३२ अर्ब विनियोजन गरिएको बताए ।

करका दर हेरफेर गरेको विषयमा अर्थमन्त्रीले विगतमा समेत यस्तै अभ्यास हुने गरेको बताए । बजेट र आर्थिक विधेयकको मर्म र भावनामा फरक नपर्ने गरी मुद्रणको क्रममा भएका केही प्राविधिक त्रुटि मिलाइएको मात्र उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।
। सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ । महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतले जानकारी दिए । डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, ...
। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिन र सुधारको माग गरेको छ । नेविसंघ अध्यक्ष करुणा कटुवालले आज जारी गरेको विज्ञप्तिमा एसईई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित ...
। रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार, सभापति, वरिष्ठ ...