मुख्य समाचार
युक्रेनले रुसको राजधानी मस्कोमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण
युक्रेनले रुसको राजधानी मस्कोमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण

युक्रेनले रुसको राजधानी मस्कोमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । यो आक्रमणलाई रुस र युक्रेनबीच युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण मानिएको छ।

बिहीबार पत्रकारहरूसँग कुरा गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यदि युक्रेन जल्यो भने, तपाईंको मस्को पनि जल्नेछ।’

युक्रेनी आक्रमणपछि ग्याजप्रोम नेफ्टको मस्को तेल प्रशोधन केन्द्रबाट कालो धुवाँको मुस्लो निस्किरहेको तस्वीर तथा भिडियोहरू बाहिरिएका छन् । तस्वीर तथा भिडियोहरूमा अग्नि नियन्त्रक हेलिकप्टरहरूले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेको देखिन्छन् ।

मस्कोका मेयर सर्गेई सोब्यानिनले यो युद्ध सुरु भएदेखि मस्कोमा भएको सबैभन्दा ठूलो युक्रेनी ड्रोन आक्रमण मध्ये एक भएको बताएका छन् । युक्रेनी आक्रमणले तेल प्रशोधन केन्द्रलाई लक्षित गरेको उनले बताएका छन् ।

युक्रेनी आक्रमणपछि मस्कोको रिफाइनरीबाट पनि कालो धुवाँको मुस्लो निस्किरहेको तस्वीर एवं भिडियोहरू सार्वजनिक भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि आक्रमण हुँदा एक जना चालक दलका सदस्यको मृत्यु भएको छ । बेलायतको बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूके एमटीओ) का अनुसार मंगलबार जहाजमाथि प्रहार भएको हो । प्रहारका कारण जहाजको इन्जिन रुममा क्षति पुगेको छ । घटनापछि जहाजमा रहेका अन्य चालक दलका सदस्यलाई उद्धार तथा सहायता उपलब्ध गराउन ओमानको ...
। पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि शिफा इन्टरनेसनल अस्पतालमा सार्ने आदेश दिएको छ। उनलाई सेप्टेम्बर १६ मा हुने अर्को सुनुवााइसम्म अस्पतालमै राखिनेछ। अदालतले तीन सदस्यीय बेन्चले इमरान खानलाई अस्पतालमा भर्ना गर्ने याचिकामा सुनुवाइ गरेको हो। बेन्चको अध्यक्षता जस्टिस शाहिद वाहिदले गरेका थिए। जस्टिस नईम अख्तर अफगान र जस्टिस इश्तियाक इब्राहिम बेन्चका सदस्य थिए। सर्वोच्चले ...
। यमनको अंसार अल्लाह विद्रोही समूह हुथीले साउदी अरबको सरकारी कम्पनी साउदी अरामकोको जाजानस्थित तेल रिफाइनरीमा ड्रोन आक्रमण गरेका छन् । हुथी नियन्त्रित साबा समाचार एजेन्सीले एक सैन्य स्रोतलाई उद्धृत गर्दै यो समाचार सार्वजनिक गरेका हुन् । सैन्य स्रोतले समाचार एजेन्सीलाई भनेका छन् , ‘यमेनी सशस्त्र बलहरूले जाजानस्थित अरामको तेल रिफाइनरीमा धेरै ड्रोनहरूले आक्रमण गरे।’ स्रोतले बताए अनुसार ...
। जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो। टासका पत्रकारको प्रश्नमा रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सुरुमा जापानी दूतावासले अलमल गरेको ...
। लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ। युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा ...