मुख्य समाचार
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट

। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट ल्याएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने शुक्रबार उपमेयर मञ्जुदेवी गुरुङले १९औं नगर सभामा बजेट सार्वजनिक गरेकी हुन् ।

समुन्नत पर्यटकीय पोखरा निर्माण गर्ने साझा लक्ष्यसहित महानगरपालिकाले चालुतर्फ ५५.१ प्रतिशत र पूँजीगत खर्चतर्फ ४४.९ प्रतिशत छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारको वित्तीय हस्तान्तरणबाट कुल ३ अर्ब १८ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान छ । जसमा सशर्त अनुदानबापत २ अर्ब ६१ करोड ९१ लाख, विशेष अनुदान ५ करोड ५० लाख, पूरक अनुदान १ करोड ८२ लाख, र समानीकरण अनुदान ४९ करोड ३७ लाख रुपैयाँ समावेश छन् ।

यस्तै, गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ ९ करोड १५ लाख ३६ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। जसमा समपूरक अनुदान ६० लाख, विशेष अनुदान ४० लाख, र समानीकरण अनुदान ८ करोड १५ लाख ३६ हजार रुपैयाँ छ । महानगरले आगामी वर्ष आन्तरिक र अन्य स्रोतहरूबाट २ अर्ब ४८ करोड ७३ लाख ९१ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ।

राजस्व बाँडफाँटतर्फ संघीय सरकारबाट ३४ करोड ३४ लाख ७३ हजार, गण्डकी प्रदेशबाट ४ करोड ९ लाख ८६ हजार र स्थानीय सरकारतर्फ १ अर्ब ३१ लाख १४ हजार रुपैयाँ प्राप्त भई कुल आन्तरिक आय ३ अर्ब ८७ करोड ४९ लाख ६४ हजार रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेटको स्रोतमध्ये संघीय सरकारबाट प्राप्त हुने अनुदान र बाँडफाँट गरेर ३ अर्ब १३ करोड र महानगरको आन्तरिक आयबाट ५ अर्ब २२ करोड रुपैयाँ बेहोर्ने अनुमान गरिएको थियो।

चालु बजेटको विकास खर्च २४ प्रतिशतमार्फत

पूँजीगततर्फ निराशाजनक प्रगतिनयाँ बजेट प्रस्तुत गर्नुका साथै महानगरले चालू आर्थिक वर्षको जेठ मसान्तसम्मको खर्च र आम्दानीको समीक्षा समेत गरेको छ । चालू आर्थिक वर्षका लागि विनियोजित कुल ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँमध्ये जेठ मसान्तसम्म जम्मा ३ अर्ब ३४ करोड ६ लाख ४३ हजार रुपैयाँ अर्थात् ४० प्रतिशतमात्र खर्च हुन सकेको छ । खर्चको विवरण अनुसार चालू खर्चतर्फ विनियोजित ३ अर्ब ५१ करोड ३२ लाख ८९ हजारमध्ये २ अर्ब १६ करोड ९७ लाख ९५ हजार रुपैयाँ अर्थात ६१.७ प्रतिशत खर्च भएको छ ।

पूँजीगत (विकास) खर्चतर्फको प्रगति भने सुस्त देखिएको छ । पुँजीगततर्फ विनियोजित ४ अर्ब ८३ करोड ७९ लाख ११ हजार रुपैयाँमध्ये जेठ मसान्तसम्म जम्मा १ अर्ब ७७ करोड ८ लाख ४७ हजार रुपैयाँ अर्थात २४.२ प्रतिशत मात्र खर्च भएको छ ।

राजस्व लक्ष्यको आधा पनि पुगेन

चालु आर्थिक वर्षमा महानगरको आन्तरिक आय ४ अर्ब ६१ करोड ४० लाख ५४ हजार रुपैयाँ अनुमान गरिएकोमा जेठ मसान्तसम्म २ अर्ब १२ करोड ३८ लाख रुपैयाँ ४६.०२ प्रतिशत मात्र संकलन भएको छ ।

संघीय सरकारको वित्तीय हस्तान्तरणतर्फ लक्ष्यको ७६.५ प्रतिशत अर्थात ३ अर्ब ६४ करोड ५६ लाख रुपैयाँमध्ये २ अर्ब ७६ करोड ७५ लाख र गण्डकी प्रदेश सरकारको वित्तीय हस्तान्तरणतर्फ लक्ष्यको शतप्रतिशत ८ करोड १५ लाख ४६ हजार रुपैयाँ आम्दानी प्राप्त भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो । जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले ...
। सहकारी (पहिलो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको सुरुवात गर्दै संयोजक प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो बताएका हुन् । ‘अघि माधव जीले थोरै संकेत पनि गर्नुभयो । ...
। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ । प्रतिष्ठानले शुक्रबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत ‘स्मार्ट फाराम’ सार्वजनिक गर्दै इच्छुक स्वयंसेवीलाई सहकार्यको आह्वान गरेको हो । नेपाली समाज र जीवनका ज्वलन्त विषयमा सहकार्य गर्न इच्छुकहरूलाई डिजिटल प्रक्रियाबाट जोडिनका लागि ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद ...
। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले प्रचलित कानुन बमोजिम भूमि सुधारका कार्यहरू भइरहेको जानकारी दिइन् । मन्त्री रावलले किसानको हित संरक्षणका लागि भूमि सम्बन्धी ऐन, ...