मुख्य समाचार
मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा
मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा

। कृषि, वन तथा पर्यावरण मन्त्रालयले रासायनिक मल आपूर्ति तथा वितरणमा हुन सक्ने अनियमितता र कालोबजारी नियन्त्रण गर्न हटलाइन नम्बर सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयले मलसम्बन्धी गुनासो, उजुरी तथा जानकारी संकलनका लागि ९७०००९९११३ नम्बर तोकेको छ ।

उक्त नम्बरमा किसान तथा सरोकारवालाले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सम्पर्क गरी मल अभाव, कालोबजारी, कृत्रिम अभाव सिर्जना, वितरणमा अनियमितता लगायत विषयमा जानकारी दिन सक्नेछन् ।

मलसम्बन्धी गुनासो व्यवस्थापन थप प्रभावकारी बनाउन मन्त्रालयले क्यूआर कोडमार्फत पनि उजुरी दर्ता गर्न सकिने व्यवस्था गरेको छ । क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले सिधै आफ्नो गुनासो तथा सुझाव पठाउन सक्नेछन् ।


धान रोपाइँ मुख्य सिजनमा रासायनिक मलको माग बढ्ने भएकाले आपूर्ति तथा वितरण प्रणालील पारदर्शी र व्यवस्थित बनाउन यो व्यवस्था लागु गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी (पहिलो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रियावादीलाई फाइदा पुग्नेगरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको सुरुवात गर्दै संयोजक प्रचण्डले वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गर्दै यस्तो बताएका हुन् । ‘अघि माधव जीले थोरै संकेत पनि गर्नुभयो । ...
। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘स्मार्ट फाराम’ सार्वजनिक गरेको छ । प्रतिष्ठानले शुक्रबार पार्टीको आधिकारिक फेसबुक पेजमार्फत ‘स्मार्ट फाराम’ सार्वजनिक गर्दै इच्छुक स्वयंसेवीलाई सहकार्यको आह्वान गरेको हो । नेपाली समाज र जीवनका ज्वलन्त विषयमा सहकार्य गर्न इच्छुकहरूलाई डिजिटल प्रक्रियाबाट जोडिनका लागि ‘स्मार्ट फाराम’ सार्वजनिक गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद ...
। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले प्रचलित कानुन बमोजिम भूमि सुधारका कार्यहरू भइरहेको जानकारी दिइन् । मन्त्री रावलले किसानको हित संरक्षणका लागि भूमि सम्बन्धी ऐन, ...
। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए । नेकपा एमालेकी सांसद नीता घतानीले ...