मुख्य समाचार
उपभोक्ता ठग्ने र मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई व्यावसायिक फर्मलाई ४ लाख ६ हजार रुपैयाँ जरिबाना
उपभोक्ता ठग्ने र मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई व्यावसायिक फर्मलाई ४ लाख ६ हजार रुपैयाँ जरिबाना

। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने र मापदण्ड विपरीत सञ्चालनमा रहेका दुई व्यावसायिक फर्मलाई ४ लाख ६ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले बिहीबार गरेको अनुगमन क्रममा कैफियत भेटिएका ती फर्मलाई तत्कालै जरिबाना गरिएको हो ।

विभागका अनुसार काठमाडौं महानगरपालिका-२९ गोंगबुमा रहेको ‘दि बेकर ब्रदर्स’ लाई २ लाख ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त बेकरीले उत्पादन गरेका सामानमा उचित लेबल (लेबलिङ) नगरी बजार पठाउने गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिएको हो ।

त्यस्तै काठमाडौं-१७ नयाँ बजारमा सञ्चालित ‘न्यु झिंगु काठमाडौं फुड्स क्याफे’ लाई २ लाख १ हजार रुपैयाँ जरिबाना गरिएको छ । उक्त क्याफेले म्याद नाघेका खाद्यवस्तुहरू प्रयोग गरेको र कतिपय सामानमा लेबल समेत नभएको पाइएकाले विभागले जरिबाना तिराएको हो ।

बिहीबारै विभागले अन्य ११ फर्म पनि अनुगमन गरेको थियो । ती फर्मलाई सामान्य निर्देशन दिइएको छ ।

यस्तै सांग्रिला स्प्रिङ ड्रिंकको जारको पानी परीक्षणका लागि नमुना संकलन गरिएको र पानी परिक्षण रिपोर्ट पाएपछि व्यवसायसँग सम्बन्धित कागजात लिएर विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी (पहिलो संशोधन) अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो । तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ ...
। सरकारले देशभरि सञ्चालित साना–ठूला सबै प्रकारका होटेलको विवरण संकलन सुरु गरेको छ । यस्तो विवरण नेपाल सरकारले सार्वजजिक रुपमा प्रकाशन, प्रसारण र प्रवर्द्धन गर्ने उद्देश्यले गर्न लागेको पर्यटन विभागले जानकारी दिएको छ । स्थलमार्गबाट आउने धार्मिक यात्राका भारतीय पर्यटकले सडकमै खाना पकाउने गरेको तस्वीर तथा भिडियो सामाजिक सञ्जालमा देखिन्छ । तर, नेपाल भित्र सेवा प्रदायकले ...
। सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण हुन लागेको केबलकारका कारण लामो समयदेखि उत्पन्न विवाद र समस्या समाधानका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरको बिहीबारको निर्णयानुसार प्रधानमन्त्री बालेन शाहका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदललाई पाथीभरा मन्दिर जाने केबलकार निर्माण सम्बन्धमा ...
। राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले उचित बजेट विनियोजन नगरेकाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको प्रादेशिक समयमा आफ्ना धारणा राख्दै कांग्रेसका सांसद नारायणदत्त भट्टले बजेट विनियोजन गर्दा न्यायोचित नभएको र स्थानीय तहलाई उचित ढङ्गले बजेट विनियोजन नभएको टिप्पणी गरे। सांसद दत्तले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा पनि आवश्यकताका आधारमा न्यायोचित बजेट वितरण ...
। राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृतका लागि प्रस्तुत भएको थियो । जसलाई सभाले स्वीकृत गरेको हो । यसअघि आजै प्रतिनिधिसभाले ...