। राष्ट्रिय सभाको कार्यसूचीबाट हट्यो एउटा अध्यादेश अघि बढाउने विषय हटेको छ । तर चार वटा अध्यादेश अगाडि बढाउने विषय यथावत छ ।
आजको बैठकमा पाँच वटा अध्यादेश अगाडि बढाउने विषय सम्भावित कार्यसूचीमा थियो । तर दैनिक कार्यसूची तय गर्दा सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश अगाडि बढाउने विषय हटाइएको छ ।
सरकारले संघीय संसद्को चालू अधिवेशन सुरु हुनु अगाडि ८ वटा अध्यादेश ल्याएको थियो ।
ती अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए । यसमध्ये ४ वटा अध्यादेश शुक्रबार प्रतिनिधिसभामा स्वीकृति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।
संसद्को अधिवेशन नरहेका बेला सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सम्पत्र् िशुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि त्यसैबेला आएको थियो ।
यसमध्ये चार वटा अध्यादेश आज अगाडि बढाउने कार्यसूची छ ।
सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो संशोधन) अध्यादेश र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सभामा आज स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।
यी चार वटा अध्यादेश प्रतिनिधिसभाले पनि अगाडि बढाउँदैछ ।