मुख्य समाचार
हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको
हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको

। सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा भुवनबहादुर सुनारले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिएका हुन् ।

गृहमन्त्रीकाअनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिको प्रतिवेदन र पोस्टमार्टम रिपोर्टलाई उद्धृत गर्दै गृहमन्त्री गुरुङले विकको मृत्युको कारण आत्महत्या देखिएको स्पष्ट पारे ।

उनले भने, ‘पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण आत्महत्यासँग मेल खाने उल्लेख गरिएको छ। साथै, हिरासतमा रहँदा प्रहरीले कुनै पनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको छानबिन प्रतिवेदनमा जनाइएको छ ।’

छानबिन समितिले दिएका अन्य आवश्यक सुझाव तथा सिफारिसहरू कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालय र जिल्ला प्रशासन कार्यालय, सिन्धुलीमा पठाइसकिएको मन्त्रालयले जनाएको छ ।

उक्त क्रममा गृहमन्त्रीले जातीय भेदभाव तथा सामाजिक र धार्मिक रूपमा संवेदनशील मुद्दाहरूको प्रभावकारी सम्बोधनका लागि नेपाल प्रहरीभित्र ‘दलित सेल’ कार्यान्वयनमा ल्याइएको समेत बताए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रजस्तै यो सेलले पीडितमैत्री अनुसन्धान गरी नागरिकमा विश्वास जगाउने उनको भनाइ थियो ।

सांसदले उठाएका प्रश्नप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्री गुरुङले यस प्रकरणलाई अझ गहिरो गरी अध्ययन गरिने र प्राप्त हुने थप जानकारीबारे पुनः सदनलाई अवगत गराइने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...
। वैदेशिक रोजगारीमा युरोपका देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले फरक फरक तीन घटनामा ती व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाची सिद्धिगंगा नगरपालिका–१ का २८ वर्षीय सन्तोष अधिकारी, दाङको फुलबारी नगरपालिका–८ का २९ वर्षीय हेमन्त केसी र सुनसरीको धरान उपमहानगरपालिका–११ का ४२ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । ‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले ...
। सरकारले विशेष सेवा ऐन ०४२ व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ...
। सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने ...