मुख्य समाचार
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

संसद् अधिवेशन नरहेका बेला यो विधेयक सरकारले ल्याएको थियो । संघीय संसद्को अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा पेस भएको थियो ।

तर सरकारले विधेयक ल्याउनुपर्नेमा अध्यादेश ल्याएको भनेर विपक्षी दलहरूले विरोध जनाएका थिए ।

नेकपा एमालेकी सांसद नीता घतानीले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भन्ने प्रस्ताव नै राखेकी थिइन् ।

आज बसेको बैठमा यो प्रस्तावलाई सभामुखले सभामा निर्णयार्थ प्रस्तुत गरे । तर स्वीकृत हुन सकेन ।

त्यसपछि अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव राखे ।

जसलाई सभाले बहुमतले स्वीकृत गरेको छ ।

यो सँगै अब सरकारलाई सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुलेको छ ।

६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक ल्याएर दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमणीकरण भएर ऐनमा रूपान्तरित भइसक्नुपर्ने कानुनी व्यवस्था छ ।

अर्थात् २८ वैशाखबाट ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा आएर, पास भएर र राष्ट्रपति कहाँ पुगेर ऐनमा रूपान्तरित भइसक्नुपर्छ । अन्यथा, अध्यादेशले गरेका नयाँ व्यवस्था र प्रचलित ऐनमा भएका संशोधित प्रावधानहरू स्वत: निष्क्रिय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...
। वैदेशिक रोजगारीमा युरोपका देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले फरक फरक तीन घटनामा ती व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाची सिद्धिगंगा नगरपालिका–१ का २८ वर्षीय सन्तोष अधिकारी, दाङको फुलबारी नगरपालिका–८ का २९ वर्षीय हेमन्त केसी र सुनसरीको धरान उपमहानगरपालिका–११ का ४२ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । ‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले ...
। सरकारले विशेष सेवा ऐन ०४२ व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ...
। सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने ...