मुख्य समाचार
राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले उचित बजेट विनियोजन नगरेकाप्रति सरकारको ध्यानाकर्षण
राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले उचित बजेट विनियोजन नगरेकाप्रति सरकारको ध्यानाकर्षण

। राष्ट्रियसभाको बैठकमा सांसदहरूले प्रदेश र स्थानीय सरकारलाई केन्द्र सरकारले उचित बजेट विनियोजन नगरेकाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको आजको प्रादेशिक समयमा आफ्ना धारणा राख्दै कांग्रेसका सांसद नारायणदत्त भट्टले बजेट विनियोजन गर्दा न्यायोचित नभएको र स्थानीय तहलाई उचित ढङ्गले बजेट विनियोजन नभएको टिप्पणी गरे।

सांसद दत्तले प्राकृतिक न्यायको सिद्धान्तका आधारमा पनि आवश्यकताका आधारमा न्यायोचित बजेट वितरण गर्नुपर्नेमा जोड दिँदै सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद मदनकुमारी शाहले सुदूरपश्चिम, कर्णाली र मधेसलाई सरकारले जति प्राथमिकता दिनुपर्ने हो त्यो नदिएर प्रशासनिक खर्चसमेत कटौती गर्ने काम गरेकाप्रति सरकारको ध्यानाकर्षण गराए ।
उनले सङ्घीयता कार्यान्वयनका लागि अहिले पनि कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रदेशका स्रोत साधनको व्यवस्थापनमा समेत कठिनाइ भएको बताए ।

नेकपा (एमाले) प्रेमप्रसाद दङ्गालले सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीका विषयहरू तय गरिएको भए पनि प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण प्रभावकारी हुन नसक्दा विकास निर्माणमा ढिलाइ भएको बताए ।

उनले कर्मचारी व्यवथापनमा समेत कठिनाइ भएको र कर्मचारी पठाए पनि प्रदेश र स्थानीय तहमा लामो समय नबस्ने गरेको पाइएको विषय उठाए ।

जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले सङ्घीयता कार्यान्वयनका विषयमा सरकारले ध्यान नदिएको भन्दै प्रदेश र स्थानीय तहले आसन पाए पनि शासन नपाएको गुनासो गरे ।

उनले बजेट विनियोजन गर्दा पनि सङ्घकै अधिकार बढी राखिएको प्रदेश र स्थानीय तहले माग्नुपर्ने अवस्था हुनु दुःखद् भएको बताए ।

नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले लुम्बिनी प्रदेश सरकारले चार तरिकाले स्थानीय तहलाई अधिकार हस्तान्तरण गरेको भन्दै स्थानीय तहलाई केन्द्र सरकारले बजेट कटौती गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले गण्डकी प्रदेशका लागि आवश्यक पर्ने जरुरी कानुन पनि नबनेको हुनाले काम कारबाहीमा कठिनाइ हुनुका साथै कर्मचारीको कमीका कारण काम गर्नसमेत समस्या परेको सुनाए ।

नेकपा (एमाले) सम्झना देवकोटाले सङ्घीयता शक्तिको विकेन्द्रीकरण गर्ने निकाय भए पनि तर सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताइन् । सङ्घीयता धेरै खचिलो हुने भनिए पनि उनले सङ्घले भन्दा प्रदेश र स्थानीय तहले कम खर्च गरेको तथ्याङ्कहरूले देखाएको उल्लेख गरिन् ।

नेपाली कांग्रेसका सांसद धमेन्द्र पासवानले अन्नदाता, करदाता र मतदाता भएको स्थान मधेस प्रदेशमा मानवअधिकारको अवस्था कमजोर, मानव विकास सूचाङ्कमा सबैभन्दा पछाडि रहेको र शिक्षा तथा स्वास्थ्यमा समेत कमजोर रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले बागमती प्रदेशभित्र विभिन्न महत्त्वपूर्ण राजमार्गहरू काम भइरहेको र काम भने अत्यन्तै सुस्तगतिमा भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पुनर्निर्माणमा विशेष ध्यान दिन आग्रह गरे । जनताको सुरक्षालाई ध्यानमा राखेर वर्षायाम सुरु भइसकेकाले पुलहरू यथाशीघ्र निर्माणमा गर्न उनको माग छ ।

नेकपा (एमाले)का सांसद सोमनाथ पोर्तेलले कोशी प्रदेशमा झापाले प्रधानमन्त्री नै बनाएर पठाएको प्रदेश भएको र चिया उत्पादनको बढीभन्दा महत्त्वपूर्ण जिल्लामा अहिले चिया उद्योग बन्द भएको हुनाले तत्काल समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...