मुख्य समाचार
पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप
पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् ।

‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले प्रश्न गर्दै भने, ‘हो, हामी ती हाम्रा केही साथीभन्दा के कुरामा फरक छौं भने हामीले राजसंस्थाबारे उठाएको कुरा हाम्रो कुनै स्वार्थसँग गाँसिएको छैन ।’

आफूले खोजेको संस्था संवैधानिक रहेको उनले बताए । उनले अगाडि भने, ‘हामीले खोजेको राजा शासन गर्ने राजा होइन, अभिभावकीय संस्था हो । त्यसकारण उहाँले खोज्नुभएको सक्रिय राजा र शासन गर्ने राजाको मुद्दा फरक हुनसक्छ ।’

राप्रपा न हिजो, न आज र न भविष्यमा आफ्नो सिद्धान्तबाट विचलित नहुने र अझ सशक्त ढंगले अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...