। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले लोकतान्त्रिक गणतन्त्र र संविधानमा कहिल्यै कम्प्रोमाइज नगर्ने बताएका छन् । शनिबार रास्वपाको पहिलो महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र, देशको संविधान, यो मुलुकलाई यहाँसम्म ल्याइपुर्याउँदा भएका त्याग, बलिदान, संघर्षको जगमा हामी उभिएका छौं । र, हामीलाई यसमा गर्व छ,’ लामिछानेले ...