मुख्य समाचार
इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने
इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने

। इंग्लिस प्रिमियर लिग २०२६–२७ सिजन २१ अगस्टदेखि सुरु हुने भएको छ । शुक्रबार सार्वजनिक खेलतालिका अनुसार नयाँ सिजनको पहिलो खेलमा च्याम्पियन आर्सनलले नवप्रवेशी कोभेन्ट्री सिटीको सामना गर्ने छ ।

अगस्ट २१ मा हुने उक्त खेल कोभेन्ट्रीको २५ वर्षपछि शीर्ष डिभिजनमा पुनरागमनपछिको पहिलो खेल हुनेछ । मिकेल आर्टेटाको प्रशिक्षणमा आर्सनलले गत सिजन २००४ यताकै पहिलो प्रिमियर लिग उपाधि जितेको थियो ।

प्लेअफमार्फत बढुवा भएको हल सिटीले अगस्ट २२ मा म्यानचेस्टर युनाइटेडलाई स्वागत गर्नेछ भने अर्को नवप्रवेशी इप्सविच टाउनले सोही दिन सन्डरल्यान्डसँग खेल्नेछ ।

पेप ग्वार्डिओलाको युग समाप्त भएपछि म्यानचेस्टर सिटीले नयाँ सिजनको सुरुआत अगस्ट २३ मा बर्नमाउथविरुद्ध घरेलु मैदानमा गर्नेछ । बर्नमाउथ पनि नयाँ प्रशिक्षक मार्को रोजको नेतृत्वमा मैदान उत्रिनेछ ।

बर्नमाउथ छाडेर लिभरपुलको प्रशिक्षक बनेका एन्डोनी इराओलाको पहिलो खेल भने न्युक्यासलविरुद्ध हुनेछ । उता जाबी अलोन्सोको नेतृत्वमा नयाँ यात्रा सुरु गर्ने चेल्सीले अगस्ट २४ मा फुलहमसँग खेल्नेछ ।

अमेरिकामा हुने विश्वकप फाइनलको ३४ दिनपछि मात्रै प्रिमियर लिग सुरु हुने भएको छ । नयाँ सिजन मे ३०, २०२७ मा सकिनेछ भने च्याम्पियन्स लिगको फाइनल त्यसको ६ दिनपछि हुनेछ ।

प्रिमियर लिगले आगामी सिजनमा ३३ राउन्डका खेल सप्ताहन्तमा र पाँच राउन्डका खेल मध्यसातामा आयोजना गर्ने जनाएको छ । क्रिसमस र नयाँ वर्षको अवधिमा कुनै पनि दुई चरणका खेलबीच ६० घण्टाभन्दा कम अन्तर नहुने व्यवस्था गरिएको छ ।

पहिलो साताका खेलहरू

अगस्ट २१

आर्सनल भर्सेस् कोभेन्ट्री

अगस्ट २२

हल सिटी भर्सेस् म्यानचेस्टर युनाइटेड
एभर्टन भर्सेस् क्रिस्टल प्यालेस
इप्सविच भर्सेस् सन्डरल्यान्ड
नटिङ्घम फरेस्ट भर्सेस् लिड्स युनाइटेड
ब्रेन्टफोर्ड भर्सेस् टोटनहम

अगस्ट २३

ब्राइटन भर्सेस् एस्टन भिल्ला
म्यानचेस्टर सिटी भर्सेस् बर्नमाउथ
न्युक्यासल भर्सेस् लिभरपुल

अगस्ट २४

फुलहम भर्सेस् चेल्सी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर दीपेन्द्र सिंह ऐरीले युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) नखेल्ने भएका छन् । उनको फ्रेन्चाइज आम्सटर्डम फ्लेम्सले एसीसी पुरुष प्रिमियर कप र एसियन गेम्समा नेपालको सहभागिताका कारण दीपेन्द्र उपलब्ध नहुने पुष्टि गर्दै उनको स्थानमा नेदरल्यान्ड्सका डेभिड रशमियरलाई टोलीमा समावेश गरेको छ । फ्लेम्सले सामाजिक सञ्जालमार्फत राखेको जानकारीमा दीपेन्द्र र नेपाली ...
— इन ली र एलेक्स बाएनाको उत्कृष्ट गोलको मदतले एटलेटिको म्याड्रिडले बुधबार मालागालाई २–० ले पराजित गर्दै स्पेनी ला लिगामा विजयी सुरुआत लिएको छ । एटलेटिकोले फरवार्ड जुलियन अल्भारेज विना खेलेको थियो । अर्जेन्टिनी खेलाडी अल्भारेज बार्सिलोना जान चाहन्छन्, त्यसैले प्रशिक्षका डिएगो सिमोनीले मालागाविरुद्ध नयाँ खेलाडीलाई मौका दिए र टिम विजयी पनि रह्यो । सन् २०२१ ...
— ओली रोबिन्सन र जोस टंगले पाँच पाँच विकेट लिएपछि इंग्ल्यान्डले लिड्समा सुरु भएको पहिलो टेस्टको पहिलो दिन पाकिस्तानलाई पहिलो इनिङ्समा १ सय ७१ रनमा अलआउट गरेको छ र आफ्नो स्थिति बलियो बनाएको छ । रोबिनसले ५१ र टंगले ४६ रन माक्र दिएर संयुत्त रूपमा दस विकेट लिएपछि पाकिस्तानको ब्याटिङ कमजोर बनेको थियो । त्यसमा अब्दुल्लाह ...
। वीर अस्पतालको नेफ्रोलोजी विभागले बिरामीको बढ्दो चापलाई मध्यनजर गर्दै मिर्गौला विशेषज्ञको ओपीडी सेवा विस्तार गरेको छ । यसअघि सातामा चार दिन मात्रै सञ्चालन हुँदैआएको ओपीडी अब पाँच दिन सञ्चालन हुने भएको छ । अस्पतालले २ भदौमा जारी गरेको सूचनाअनुसार अब नेफ्रोलोजी विभागको ओपीडी सोमबारदेखि शुक्रबारसम्म सञ्चालन हुनेछ । सोमबार र बुधबार बिहान तथा दिउँसो ...