मुख्य समाचार
स्वामी अवधेशानन्द गिरीले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरवको प्रशंसा
स्वामी अवधेशानन्द गिरीले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरवको प्रशंसा

: भारतको ऋषिकेशस्थित जूना अखडाका पूज्य आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरीले नेपालको आध्यात्मिक महिमा र सांस्कृतिक गौरवको प्रशंसा गरेका छन्।

हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘प्रबुद्ध नागरिक गोष्ठी’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गरेका हुन्।

सांस्कृतिक ऐक्यबद्धता र कुमारी परम्पराको सम्मान

कार्यक्रमको आरम्भ नेपालको विविधता र मौलिकता झल्काउने सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो। कार्यक्रममा छलिया नृत्य, सखिया नृत्य, मञ्जुश्री नृत्य, बाँसुरी वादन तथा शिवसतीको कथानकमा आधारित नृत्य राखिएको थियो। मञ्चमा पूर्व कुमारी (माजु) ट्रिस्ना शाक्य थिइन्।
पूर्व कुमारीको उपस्थितितर्फ लक्षित गर्दै स्वामी अवधेशानन्द गिरीले भने, ‘राष्ट्रदेवी राजराजेश्वरी तलेजु भवानीको जीवन्त स्वरूप मानिने कुमारीका सामु शिर निहुराउन पाउँदा म आफूलाई धन्य र आह्लादित महसुस गरिरहेको छु। नेपाललाई देवभूमिको रूपमा चिनाउने सरकारी प्रयास अत्यन्तै सराहनीय छ।’

उनले नेपाल र भारतको सांस्कृतिक तथा आध्यात्मिक चेतना अभिन्न रहेको चर्चा गर्दै नेपाल एक सार्वभौम राष्ट्र भएको तथ्यलाई स्मरण गराए। उनले माता जानकीलाई ‘नेपालकी छोरी र भारतकी भाग्य विधाता’का रूपमा वर्णन गर्दै दुई देशबीचको अटुट सम्बन्धमा जोड दिए।

नैतिक जागरण र राष्ट्र निर्माणको आह्वान

समाज रूपान्तरण र राष्ट्र निर्माणमा बौद्धिक वर्गको भूमिकाबारे प्रकाश पार्दै स्वामीजीले वर्तमान समयमा सनातन संस्कृतिमाथि आइपरेका चुनौतीप्रति सचेत रहन आग्रह गरे। उनले भने, ‘हामीलाई जाति, भाषा र सम्प्रदायका आधारमा विभाजित गर्ने प्रयास भइरहेका छन्। यस्तो अवस्थामा ‘हामी एक हौं’ भन्ने भावलाई हृदयङ्गम गर्दै सतर्क रहनु आवश्यक छ।’

उनले पाश्चात्य र पूर्वीय दृष्टिकोणबीचको भिन्नता स्पष्ट पार्दै भने,‘पाश्चात्य संस्कृतिका लागि संसार एउटा ‘बजार’ मात्र हो, तर हाम्रो सनातन संस्कृतिले संसारलाई ‘परिवार’ (वसुधैव कुटुम्बकम्) मान्छ। यहाँ सबैमा एकात्मता र आत्मवत् भाव निहित छ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको बताए। प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता ...
। रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मिहेनतका साथ आएको छ,’ सभापति लामिछानेले भनेका छन्, ‘त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह ...
: जिल्लाको पनौती नगरपालिका–१२ महाभिरमा बाँदर धपाउनका लागि बारीमा जडान गरिएको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब ३ बजे ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा लगाइएको काँक्रोमा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको डीएसपी रबिन बिष्टले जानकारी दिए। प्रहरीका अनुसार काँक्रो बालीमा बाँदरको उपद्रो बढेपछि बारी वरिपरि करेन्ट प्रवाह गरिएको ...
 : रास्वपा सभापति रवि लामिछाने माथि लगाइएका संगठित अपराधसम्बन्धी सबै अभियोग फिर्ता भएका छन्। शुक्रबार काठमाडौं जिल्ला अदालतले फिर्ता लिएसँगै सबै संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता भएका हुन्। जिल्ला न्यायाधीश आत्मदेव जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीमाथिको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले ...