मुख्य समाचार
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका डाँका चोरी आरोपमा पक्राउ परेका व्यक्ति रुद्र मोक्तान पुनः चोरी प्रकरणमा पक्राउ
जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका डाँका चोरी आरोपमा पक्राउ परेका व्यक्ति रुद्र मोक्तान पुनः चोरी प्रकरणमा पक्राउ

: जेनजी आन्दोलनका क्रममा मकवानपुरको भिमफेदी कारागारबाट फरार भएका डाँका चोरी आरोपमा पक्राउ परेका व्यक्ति रुद्र मोक्तान पुनः चोरी प्रकरणमा पक्राउ परेका छन् । उनीसँगै अन्य दुई जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार असार ४ गते मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठस्थित बुद्धराम मोक्तानको घरबाट ६ लाख रुपैयाँ नगद चोरी भएको घटनाको अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका–६ आदमघाट बजार क्षेत्रमा मोटरसाइकलमा सवार अवस्थामा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका रुद्र मोक्तानको साथबाट चोरी भएको रकममध्ये ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ बरामद गरिएको छ ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठका ३३ वर्षीय रुद्र मोक्तान, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ जरुङका २१ वर्षीय अशोक तामाङ र १९ वर्षीय उमेश तामाङ रहेका छन् । प्रहरीले उनीहरूको साथबाट ५ लाख ८० हजार ५ सय ४० रुपैयाँ नगद, ग ८ प ९३२१ नम्बर र न १७ प ४१७५ नम्बरका दुई मोटरसाइकल तथा तीन थान मोबाइल फोन बरामद गरेको छ । प्रहरीका अनुसार रुद्र मोक्तान डाँका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनका क्रममा भिमफेदी कारागारबाट फरार भएका थिए ।

प्रहरी अभिलेखअनुसार मोक्तानविरुद्ध यसअघि ज्यान मार्ने उद्योग, हातहतियार तथा खरखजाना र चोरी तथा डाँकासम्बन्धी विभिन्न मुद्दा दर्ता भएका छन्। २०७६ सालमा गोली प्रहार गरेको आरोपमा उनी पक्राउ परेका थिए भने सोही वर्ष उनको गोठबाट तीन थान भरुवा बन्दुक बरामद भएको थियो ।
पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय पालुङ मकवानपुर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...