मुख्य समाचार
ट्रम्पले म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक
ट्रम्पले म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार म्यारील्यान्डको जोइन्ट बेस एन्ड्र्युजमा रहेको ह्याङ्गरमा नयाँ अस्थायी एयर फोर्स वान सार्वजनिक गरेका छन् । यो घोषणा त्यही दिन गरिएको हो, जुन दिन ह्वाइट हाउसले ३० वर्षभन्दा बढी समयदेखि राष्ट्रपति बोक्दै आएको दुईमध्ये एउटा बोइङ–७४७ लाई विदाई दिएको थियो ।

नयाँ विमानलाई भीसी–२५ बी नाम दिइएको छ र यसलाई रातो, सेतो, गाढा निलो र सुनौलो रङको आकर्षक डिजाइन दिइएको छ । यो विमान कतारबाट ट्रम्पलाई उपहारस्वरूप प्राप्त भएको हो, जसले राजनीतिक विवाद पनि जन्माएको छ । आलोचकहरूले यो विमानको मूल्य करिब ४० करोड डलर भएको र एकै स्रोतबाट एक वर्षमा ५० डलरभन्दा बढी मूल्यको उपहार लिन नपाइने नियमभन्दा धेरै माथि भएको बताएका छन् ।

तर ट्रम्पले यस आलोचनालाई अस्वीकार गर्दै यस्तो प्रस्ताव अस्वीकार गर्नु ‘मूर्खता’ हुने बताएका छन् । पेन्टागनका प्रवक्ता सीन पार्नेलका अनुसार रक्षा मन्त्रीले सबै संघीय नियम र कानुन अनुसार कताररबाट बोइङ ७४७ स्वीकार गरेको हो । यो कतारी ७४७ बोइङलाई रूपान्तरण गर्न करिब १ अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ । यो विमान नयाँ राष्ट्रपति विमानहरू २०२७ र २०२८ मा आउन्जेलका लागि अस्थायी विकल्पको रूपमा प्रयोग हुनेछ ।

ती नयाँ विमानहरूको कुल लागत पनि ३.७ अर्बबाट बढेर करिब ५ अर्ब डलर पुगेको छ । यो उपहार विमानको आलोचनामा सेन्टिनेल (पहरेदारी) नामक अन्तर्राष्ट्रिय ब्यालेस्टिक मिसाइल आधुनिकीकरण कार्यक्रमबाट पैसा कटौती हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ, जुन पहिले नै ढिलो भइसकेको छ । उद्घाटन समारोहमा ट्रम्पले कतारका अमिरलाई धन्यवाद दिँदै भने, ‘उहाँ एक शानदार व्यक्ति हुनुहुन्छ ।’ उनले थपे, ‘यो संसारकै सबैभन्दा विलासी विमान हो ।’

ट्रम्पका अनुसार यो विमान अत्याधुनिक विमानहरूसँग प्रतिस्पर्धा गर्न आवश्यक थियो, किनभने अन्य देशका नेताहरूसँग धेरै नयाँ र राम्रो विमानहरू छन् । पुराना राष्ट्रपति विमानहरू १९९० मा जर्ज एच.डब्ल्यू. बुशको कार्यकालमा सेवा प्रवेश गरेका थिए । हालै तीमध्ये एउटा प्राविधिक समस्या आएपछि यात्रा बीचमै फर्कनुपरेको घटना पनि भएको थियो ।

वायुसेनाले कतारी विमानलाई छिटो रूपान्तरण गर्दै सेवा दिन तयार गरेको छ, यद्यपि केही योजनाबद्ध सुरक्षा सुधारहरू पछि सारिएको छ । अधिकारीहरूका अनुसार यसलाई राष्ट्रपति स्तरको सुरक्षा मापदण्ड अनुसार तयार गरिएको छ । यो नयाँ रंग योजनाले ट्रम्पको निजी विमानसँग पनि मेल खान्छ । साथै, ४ जुलाईमा वाशिङ्टन डीसीमा हुने अमेरिकाको २५०औं वार्षिकोत्सवको ठूलो फ्लाईओभरको नेतृत्व पनि यही विमानले गर्ने बताइएको छ । विमानको भित्री भागमा पत्रकारहरूले देख्दा लिन्कन मेमोरियलको पोखरीमा पौडी खेलिरहेको हाँसको फ्रेम गरिएको तस्वीर समेत राखिएको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...