मुख्य समाचार
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकेको बताए
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकेको बताए

। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) र कृषि तथा वन विज्ञान विश्वविद्यालय बीच सम्पत्ति हस्तान्तरणको प्रक्रिया अगाडि बढाइसकेको बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहलाई आज चितवनमा सम्बोधन गर्दै मन्त्री पोखरेलले सो जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री पोखरेलले भने, ‘लामो समयदेखि समाधान हुननसकेको सम्पत्ति हस्तान्तरणको प्रक्रियालाई पनि हामीले अगाडि बढाइ नै सकेका छौँ ।

सम्पत्ति हस्तान्तरणका लागि अन्य विश्वविद्यालयसँग सहकार्य र समन्वय हुनुपर्ने बताउँदै उनले भने, ‘त्यो पनि भइरहेको छ । चाँडै नै त्यो कुरा पूरा गराउन हामी प्रतिबद्ध रहेका छौँ ।’

उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई ‘सेन्ट्रल एक्सिलेन्स’ (उत्कृष्टताको केन्द्र) को रुपमा विकास गर्न प्रतिबद्ध रहेको पनि बताए ।

गुणस्तरीय शिक्षा, अनुसन्धान पूर्वाधार, अन्तर्राष्ट्रिय सहकार्य, नवप्रवर्तन तथा उद्यमशीलताका लागि निरन्तर सहयोग गर्न पनि सरकार तयार रहेको मन्त्री पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...