मुख्य समाचार
वीरगन्ज मुख्य सडकका बाँकी संरचना हटाउन आइतबारदेखि फेरि डोजर चल्ने
वीरगन्ज मुख्य सडकका बाँकी संरचना हटाउन आइतबारदेखि फेरि डोजर चल्ने

: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो ।

त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र खाली गर्न अनुरोध गर्दा पनि सम्बन्धित घरजग्गा धनीहरुले आफैले खाली नगरेपछि सडक विभागले असार ७ गतेदेखि फेरि फेरि डोजर लगाएर बाँकी संरचनाहरु हटाउने भएको हो । त्यसका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगन्ज महानगरपालिकाको कार्यालयलाई पत्र लेख्दै आवश्यक सहयोग गरिदिन अनुरोध गरेको छ ।

सडक डिभिजन हेटौंडाले शुक्रबार वीरगन्ज महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ-त्रिभुवन राजपथको मितेरी पुलदेखि गण्डक चोकसम्मको सडक खण्डको केन्द्र रेखाबाट दयाँ–बायाँ २५–२५ मिटर सडक सीमाभित्रका घर टहरा हटाउने कार्य गर्ने भएको हुँदा उक्त कार्यको लागि आवश्यक सहयोग पुर्‍याइ दिनु हुन अनुरोध छ ।



यसअघि गत मंगलबार पनि सडक विभाग मातहतको सडक डिभिजन हेटौंडाले एक सूचना नै जारी गर्दै ५ दिनभित्रमा घरजग्गा धनीहरु आफैले सडक सीमा क्षेत्रमा पर्ने संरचनाहरु खाली नगरे सडक विभागले सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्य अन्तर्गत सडक सीमाभित्र रहेका संरचनाहरू हटाउने जानकारी गराएको थियो ।

गत बैशाख ६ र ७ गते सडक विभागले गण्डक चोकदेखि मितेरी पुलसम्मको मेनरोड क्षेत्रमा दायाँ–बायाँ २५-२५ मिटर सीमामा पर्ने करिब १ हजार २०० घर र भवनमा डोजर चलाएर आंशिक रुपमा भत्काएको थियो।त्यसपछि केही घरधनी आफैले २५-२५ मिटर क्षेत्रमा पर्ने घरहरु भत्काएका थिए । तर घण्टाघरदेखि माईस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मको मेनरोड क्षेत्रका अधिकांश घर र भवनहरु भने घरधनीहरुले भत्काएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...