मुख्य समाचार
महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइए
महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइए

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा लागि तयार गरिएका गेटका कारण अड्किएका ५ वटा भारतीय ट्रकलाई गेट हटाएर गन्तव्यतर्फ पठाइएको छ ।

शनिबार दिउँसो २ बजेतिर पूर्वी चितवनको टिकौली जंगल आइपुगेका ट्रक स्वागत गेट कट्न नसकेर रातभर निपनी भन्ने स्थानमा रोकिएका थिए ।

आज बिहान ट्रकलाई पार गराएपछि पुन: यथास्थानमा ती गेटहरु राखिएको छ । सुरुमा ट्रकहरुलाई ३ दिनसम्म निपनीमा नै बस्न भनिएको थियो तर पछि स्वंयसेवक र प्रहरी मिलेर गेट हटाएर ट्रकहरु पास गराइएको हो ।

ट्रक चालकले कुरिनटारमा रहेको बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएको बताएका छन् । रास्वपाका प्रतिनिधि तथा सहभागीहरुका लागि भरतपुरका विभिन्न क्षेत्रमा स्वागतका लागि गेटहरु निर्माण गरिएका छन् । तर, यिनै स्वागत गेटको उचाइ भन्दा अग्ला ट्रकहरु आउँदा समस्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय भएको छ । निर्वाचनमा भाग लिने उम्म्मेदवारहरूका लागि रास्वपाले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु हुन लागेको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनबाट त्यसलाई सम्पत्तिमा रूपान्तरण गरिने बताए । ‘जेनजी आन्दोलनपश्चात्को फागुनको २१ को निर्वाचनबाट प्राप्त मत आम्दानी हो, अब हामी संस्थागत अभ्यास गर्दै अगाडि बढ्ने ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । चितवनमा हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले सो तथ्यांक प्रस्तुत गरेका हुन् । ‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले ...
। पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालिकाको मृत्युभ एको छ । वीरेन्द्रनगर नगरपालिका-१० पठान टोलकी अन्दाजी १४ वर्षीय सम्झना थापा र १२ वर्षकी कल्पना रावतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुवै बालिका घर नजिकै रहेको टुनी खोलामा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममा डुबेका उनीहरुलाई अचेत अवस्थामा ...
। रास्वपाको संशोधित विधान केन्द्रीय समिति बैठकबाट पारित भएको छ । शनिबार भरतपुरको एक होटलमा बसेको केन्द्रीय समितिको बैठकबाट विधान पारित भएको नेता गणेश पराजुलीले जानकारी दिए । भोलिबाट रास्वपाको पहिलो महाधिवेशन सुरु हुँदैछ । पहिलो महाधिवेशनअघि बसेको केन्द्रीय समितिले संशोधित विधान पारित गरेको हो । जसमा १५१ प्लस ७ जना रहनेगरी केन्द्रीय समिति बनाउने विधानमा व्यवस्था रहेको ...