मुख्य समाचार
न कुनै स्टार खेलाडी, न महँगा क्लबमा
न कुनै स्टार खेलाडी, न महँगा क्लबमा

। फिफा विश्वकप २०२६ अघि उनको खासै चर्चा थिएन । न कुनै स्टार खेलाडी, न महँगा क्लबमा खेल्ने ।
तर उत्तर अमेरिकाको अमेरिका मेक्सिको र क्यानडामा भइरहेको विश्वकपमा भने अहिले एक जना खेलाडी स्टार बनेर उदाइरहेका छन् ।

उनी हुन् जर्मनीका डेनिस उन्डाभ ।

जर्मनीमा जमाल मुसिएला, काइ हाभार्ट्स, फ्लोरिएन विर्ट्ज, कप्तान जोसुअ किम्मिच जस्ता खेलाडी चर्चामा छन् भने भेट्रान गोलकिपर मानुएलनोएर पनि अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिएर यस विश्वकप खेल्दैछन् ।

तर अहिले एक जना खेलाडी भने जर्मनीको लागि विश्वकपमा मुख्य गोलकर्ताको रुपमा देखिँदे चर्चा कमाउन थालेका छन् ।

अझ उनी पहिलो रोजाइमा खेल्ने भन्दा पनि सुपर सबको रुपमा खेल्दै विपक्षी विरुद्ध गोल गर्न माहिर देखिएका छन् ।

समूह इ अन्तर्गत आइतबार बिहान जर्मनीले आइभरी कोस्ट विरुद्ध पुनरागमन जित निकाल्दा २९ वर्षी उन्डाभ नायक बने ।

उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै खेलको नतिजा नै परिवर्तन गरिदिए । जर्मनीका लागि दुवै गोल गरे ।

पहिलो हाफमा जर्मनी एक गोलले पछि थियो ।

तर प्रशिक्षक जुलियन नाङ्गल्सम्यानले ६०औं मिनेटमा तीन खेलाडी एकै पटक परिवर्तन गरे । मुसिएलाको स्थानमा उन्डाभलाई मैदान पठाए । यस्तै अलेक्जान्डर पाभ्लोभिकको स्थानमा नादिएम अमिरी र लरे सानेको स्थानमा जेमी लेवेलिङलाई मेदान प्रवेश गराएका थिए । त्यस मध्ये दुई खेलाडीले गोलमा योगदान गरे । उन्डाभले त्यसको ८ मिनेटपछि नै आफ्नो प्रभाव देखाउँदे जर्मनीका लागि बराबरी गोल फर्काए । त्यसमा असिस्ट अमिरीको थियो ।

खेल बराबरीमै चलिरहेको थियो । निर्धारित ९० मिनेट पनि सकियो । त्यसपछि इन्जुरी टाइमको चौथो मिनेटमा उन्डाभले फेलिक्स एनमेचाको पासमा गोल गर्दै जर्मनीलाई पुनरागमन जित दिलाए ।

४० मिनेट मैदान उत्रेर पनि उनले आफ्नो प्रभाव देखाए ।

पहिलो खेलमा पनि उनले वैकल्पिक खेलाडीकै रुपमा खेलेका थिए । कुरासाओ विरुद्धको पहिलो खेलमा जर्मनीले ७-१ को फराकिलो जित हात पार्दा उन्डाऐले एक गोल र दुई असिस्ट गरे । दोस्रो हाफमा तीन गोलमा उनको योगदान रह्यो ।

यस विश्वकपमा दुई खेल मात्र खेल्दा ने उनले ३ गोल र २ असिस्ट गरिसकेका छन् ।

Undav’s impact ?‍?#FIFAWorldCup pic.twitter.com/WBslPWIykC

— FIFA World Cup (@FIFAWorldCup) June 20, 2026

उनले सब्सिच्युट खेलाडीको रुपमा एकै विश्वकपम धेरै गोलमा योगदान गर्ने क्यामरुनमा रोजर मिल्लाको कीर्तिमान बराबरी गरिसकेका छन् । मिल्लाले १९९० मा यो उपलब्धि हात पारेका थिए । उन्डा त्यसलाई ब्रेक गर्न निकै नजिक समेत छन् ।

आइभोरी कोस्ट विरुद्ध दुई गोल गरेपछि उन्डाभ सन् २००२ मा मिरोस्लाभ क्लोजपछि आफ्ना सुरुवाती दुई विश्वकप खेलमा गोल गर्ने पहिलो जर्मन खेलाडी बनेका छन् ।

तर विश्वकपमा जर्मनीका लागि स्टार बन्दै गरेका उन्डाभको फुटबल करियर भने सहज थिएन । कुनै समय विश्वकप खेल्ने सोच्नु भन्दा पनि आफ्नो जीवन कसरी गुजारा गर्ने समस्या थियो ।

को हुन् उन्डाभ?

जर्मनीको लागि विश्वकपमा सुपर सब बनेर चर्चामा आएका उन्डाभको कथा भने रोचक छ । उनले अन्तर्राष्ट्रिय फुटबलमा जर्मनी र टर्किए मध्ये जुन राष्ट्रबाट पनि खेल्न सक्थे ।

विश्वकपमा अहिले उत्कृष्ट उपलब्धि हासिल गरिरहेका उन्डाभलाई कुनै बेला फुटबल खेलेर मात्र पुग्दैनथ्यो । उनी कारखानामा मजदुर बनेर समेत काम गर्थे ।

उनलाई १४ वर्षको उमेरमा वेर्डर ब्रेमेनले रिजेक्ट गरेको थियो । १७ वर्षको उमेरमा, उनले जर्मनीको चौथो श्रेणीको लिगमा (सेमी-प्रोफेसनल लिग) खेलाडीका रूपमा हप्ताको १२० पाउन्ड कमाउँथे, जहाँ उनले आफ्नो फुटबल करियरसँगै एउटा कारखाना (फ्याक्ट्री) मा आठ घण्टाको सिफ्ट काम गरेर सन्तुलन मिलाउनुपर्थ्यो ।

‘म १४ वर्षको हुँदा वेर्डर ब्रेमेनले मेरो उचाइको कारण देखाउँदै मेरो त्यहाँ कुनै भविष्य नभएको बताएको थियो, त्यसले मेरो मन दुखेको थियो’ बेल्जियमको सञ्चारमाध्यम ७सर७ सँगको अन्तर्वार्तामा उन्डाभले भनेका थिए, ‘तर मैले आशा मारिनँ । जर्मनीको चौथो डिभिजनको क्लब हाभेलसेसँग सम्झौता गर्न मैले १७ वर्षको उमेरमा आफ्नो घर छोडेँ, जहाँ मैले फुटबल खेल्ने र ट्रेनिङ गर्नेसँगै एउटा कारखानामा लेजर मेसिन चलाउने आठ घण्टे पूर्णकालिन जागिरलाई पनि सँगै अगाडि बढाएँ ।’

‘म बिहान करिब ४ बजे उठ्थेँ, कारखानामा काम गर्न जान्थेँ, त्यसपछि ट्रेनिङमा जान्थेँ र राति ८ बजेतिर घर फर्कन्थेँ… अनि भोलिपल्ट फेरि त्यही तालिका दोहोरिन्थ्यो’ उन्डाभले भनेका छन्, ‘मैले जीवनयापनका लागि पैसा कमाउन त्यो काम गर्नैपर्थ्यो, किनकि म फुटबलबाट मात्र आउने पैसाले मात्र बाँच्न सक्ने अवस्थामा थिइनँ ।’

उन्डाभको पुर्खाहरु टर्किएको दक्षिण पूर्वी सानलुर्फा प्रोभिन्सको भिरनसेहिर शहरका कुर्दिस याजिदिज समूदायका हुन् । उनको हजुरबुबा सन् १९८० को सैन्य ‘कू’ पछि जर्मनी बसाँई सरेका थिए । त्यसबेला धेरै याजिदिहरुले उक्त क्षेत्र छाडेका थिए ।

डेनिस उन्डाभ १९९६ मा जर्मनीको भरेलमा जन्मिए, ब्रेमेन नजिकै अचिममा हुर्किए ।

डेनिस उन्डाभले घरेलु क्लब टिएसभी अचिमबाट सानोमा फुटबल खेल्न सुरु गरेका थिए । उनले सन् २००२ देखि २००७ सम्म यही युथ फुटबल खेलेका थिए । उन्डाभको भाई रोकाट उन्डाभ पनि त्यही क्लबबाट फुटबल खेल्छन् ।

उन्डाभ विश्वकप खेल्ने टिममा परेपनि उनको पहिलो क्लब पनि निकै खुशी बनेको थियो । उन्डाभ याजिदी हेरिटेजबाट मुख्य प्रतियोगितामा जर्मनीका लागि खेल्ने पहिलो खेलाडी समेत हुन् ।



अहिले टीएसभी अचिममा पनि विश्वकपको माहोल तातेको छ । क्लबका फुटबल विभाग प्रमुख काई तिएतजेनले डेनिस साने देखि फुटबलमा राम्रो रहेको बताए ।

उन्डाभले हेरिटेजका कारण टर्किएबाट पनि खेल्न सक्छन् । तर उनले आफ्नो प्राथमिकता सधैँ जर्मनीका लागि खेल्नु रहेको बताएका थिए ।

‘म यहीँ हुर्किएँ । मलाई यो धेरै मन पर्छ । साँच्चे भन्नुपर्दा टर्किएसँग मेरो कनेक्सन धेरे थोरै छ । त्यहाँ खेल्ने विकल्प पनि थियो तर मेरो लागि म क्लियर छु कि म जर्मद्दीका लागि खेल्न चाहन्छु ।’ सन् २०२४ मा पहिलो पटक राष्ट्रिय टिममा समावेश हुँदा उन्डाभले भनेका थिए ।

उनले त्यसबेला आफ्नो लागि व्यक्ति भन्दा टिम ठुलो हुने भन्दै पहिलो रोजाईँमा खेल्नु र बेन्चबाट सुरु गर्नमा आफुलाई कुनै फरक नपर्ने बताएका थिए । ‘सबैभन्दा माथि टिम हुन्छ र म सधैँ सकरात्मक हुने प्रयास गर्छु । र यदी मैले खेलेँ भने म सबथोक दिन्छु ।’

त्यही वर्ष जर्मनीका लागि राष्ट्रिय टिममा डेब्यु गरेको ३ वर्ष पनि पुरा भएको छैन । २९ वर्षीय उन्डाभ हाल विश्वकप खेलिरहेका छन् र जर्मन बुण्डेसलिगा क्लब भिएफबी स्टुटगार्डबाट लिगमा खेल्छन् ।

गत सिजन बुण्डेसालिगामा बायर्न म्युनिखका ह्यारी केन (३६) ले मात्र उन्डाभ (१९) भन्दा बढी गोल गरेका थिए ।

उनले ब्राइटनबाट प्रिमियर लिग समेत खेलेका छन् भने पछिल्लो समय भने उनी जर्मन लिगमै छाएका छन् ।

उनको फुटबल करियर जर्मनीको चौथो टायरबाट सुरु भएको थियो । ६ वर्षअघि मात्र उनी ३.लिगा अर्थात जर्मनीको तेस्रो श्रेणीको लिग खेल्थे ।

सन् २०२० मा बेल्जियमको दोस्रो डिभिजन क्लब युनियन सेन्ट-गिलोइसमा आबद्ध भएपछि उनको करियर उकालो लाग्यो । उनले त्यसको अर्को वर्ष टोलीलाई माथिल्लो श्रेणीमा उक्लन मद्दत गरे । साथै शीर्ष डिभिजनमा २५ गोल गरे, जसले गर्दा उनलाई प्रिमियर लिग क्लब ब्राइटनमा जाने अवसर मिल्यो । तर २०२२-२३ को सिजन प्रिमियर लिगका २२ खेलमा ५ गोल मात्र गरेपछि उनलाई लोनमा स्टुटगार्टमा पठाइयो । स्टुटगार्डले सन् २०२४ मा उनलाई स्थायी रूपमा अनुबन्ध गर्‍यो ।

२७ वर्षमा राष्ट्रिय टिममा

सामान्यतया खेलाडीहरु उमेर समुहमा खेल्दे खारिँदै राष्ट्रिय टिमसम्म पुग्ने गर्छन् । उमेर समूहमा खेल्दा छिटो राष्ट्रिय टिममा पर्दे डेब्यु गर्ने सम्भावना पनि हुन्छ ।

तर उन्डाभको बाटो फरक थियो । उनले जर्मनीको कुनै पनि उमेर समूहको टिमबाट नखेली सिधै राष्ट्रिय टिममा खेल्ने अवसर पाएका थिए । सन् २०२४ मा २७ वर्षको उमेर उनलाई पहिलो पटक राष्ट्रिय टिममा बोलाइएको थियो । २०२४ को युरो कपमा पनि उनी जर्मनीको राष्ट्रिय टिममा समावेश भएका थिए ।

२०२४ मा फ्रान्स र नेदरल्यान्ड्स विरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिममा उनलाई समावेश गरिएको थियो । २४ मार्च २०२४ मा उनले ८० औं मिनेटमा काइ हाभार्ट्सको स्थानमा मैदान प्रवेश गर्दे जर्मनीका लागि डेब्यु गरे ।

उनले न् २०२४ सेप्टेम्बरमा युइएफए नेसन्स लिग अन्तर्गत नेदरल्यान्ड्स विरुद्धको खेलमा पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए । निकलस फुलकर्ग घाइते भएपनि उन्डाभले खेल्ने अवसर पाएका थिए । २-२ को बराबरीमा सकिएको खेलमा उनले निराश पारेनन् । जर्मनीका लागि पहिलो गोल गरेका उनले अर्को गोलका लागि असिस्ट समेत गरेका थिए ।

जर्मनीका लागि पहिलो गोल गरेपछि उनले मुनमा पुगे जस्तै भएको प्रतिक्रिया दिएका थिए । ‘मैले मेरो पहिलो गोल गरे । मलाई थाहा छ कि मेरो परिवार धेरै खुशी र गौरवान्वित हुनुहुन्छ । र नेदरल्यान्ड्स विरुद्ध गोल गर्नु.. म चन्द्रमामा पुगेजस्ते भाछु ।’

नेसन्स लिगमै बोस्निया एण्ड हर्जगोभिना विरुद्ध उनले दुई गोल गरेका थिए ।

यस्तै २०२६ मार्चमा घाना विरुद्ध मैत्रीपूर्ण खेलमा एक र मे मा भएको फिनल्यान्ड विरुद्धको मैत्रीपूर्ण खेलमा दुई गोल गरेका थिए ।

उनले हालसम्म जर्मनीका लागि ११ खेलमा ९ गोल गरिसकेका छन् त्यसमध्ये पछिल्ला तीन गोल जारी फिफा विश्वकपमा गरेका हुन् ।

जर्मनीको प्रशिक्षक बनेपछि जुलियन नाङग्ल्सम्यानले उन्डाभसहित ६ खेलाडीलाई टिममा समावेश गरेका थिए । उनले जर्मनीलाई पुराने लयमा ल्याउका लागि यो कदम चालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकपको १०००औं खेलमा एसियाली राष्ट्र जापानले अफ्रिकन राष्ट्र ट्युनिसियामाथि ४-० को शानदार जित हात पारेको छ । समूह एफमा पहिलो जतिपछि जापानले नकआउट चरणमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । दुई खेलबाट जापानको नेदरल्यान्ड्स समान ४ अंक भएको छ । मेक्सिकोको मोन्टेरेमा भएको खेलमा जापानका लागि असाय उएदाले दुई तथा दाइची कामाडा र जुन्या ...
। ब्राजिलका स्टार फुटबलर नेयमार जुनियरले स्कटल्यान्ड विरुद्धको खेल खेल्ने भएका छन् । चोटका कारण सुरुवाती दुई खेल गुमाएका नेयमार स्कटल्यान्ड विरुद्धको खेलमा उपलब्ध हुने ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले पुष्टि गरे । ‘नेयमार भोलि व्यक्तिगत रूपमा र सोमबार टोलीसँग प्रशिक्षण गर्नेछन् । उनी स्कटल्याण्ड विरुद्धको खेलको लागि उपलब्ध हुनेछन्,’ कार्लोले हाइटीमाथि ३-० को जितपछि भने ...
। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए । लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा ...
। ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ...
। गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ । उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार ...