मुख्य समाचार
नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने
नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने

। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौम अस्तित्व जोगाउन जंगबहादुर राणाबाट सिक्नुपर्ने बताएकी छन् ।

आइतबार आयोजित ‘नेपाली राष्ट्रियता र श्री ३ महाराज जंगबहादुर राणा’ प्रवचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

१९औँ शताब्दीको औपनिवेशिक विस्तारको चुनौतीपूर्ण समयमा नेपालको स्वतन्त्र अस्तित्व र सार्वभौमसत्ताको रक्षा गर्न जंगबहादुर राणाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

दक्षिण एसियाको अधिकांश भूभाग ब्रिटिश साम्राज्यको अधिनमा गइसकेको अवस्थामा पनि नेपालले आफ्नो स्वतन्त्र अस्तित्व कायम राख्न सफल भएको उल्लेख गर्दै उनले त्यसको श्रेय तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्ने बताइन् ।

उनकाअनुसार जंगबहादुरले बेलायत भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको उनले बताइन् ।

नेपाल–ब्रिटिस भारत सीमाको व्यवस्थापनका क्रममा निर्माण गरिएका ‘जंगे पिलर’ हरूले सीमा स्पष्टता तथा प्रशासनिक र कूटनीतिक स्थिरतामा समेत ठूलो भूमिका खेलेको उनले बताइन् ।

पूर्वराष्ट्रपति भण्डारीले सन् १८५७ को भारतीय विद्रोह दमनमा सैन्य सहयोग गरेबापत नेपालले बाँके, बर्दिया, कैलाली र कञ्चनपुरसहितको ‘नयाँ मुलुक’ फिर्ता प्राप्त गर्नु उनको शासनकालसँग जोडिएको महत्वपूर्ण राष्ट्रिय उपलब्धि भएको बताइन् ।

उनले वर्तमान नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रियताको अवधारणा अब केवल भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणमा मात्र सीमित नरही लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता तथा नागरिक अधिकारको प्रवद्र्धनसँग समेत जोडिएको बताइन् ।

राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हुने उनको भनाइ थियो ।

उनले भनिन्, ‘जंगबहादुरको महत्वपूर्ण पक्ष नेपालको स्वतन्त्र अस्तित्वको रक्षासँग सम्बन्धित छ । १९औँ शताब्दी विश्वव्यापी रूपमा औपनिवेशिक विस्तारको युग थियो । त्यस समयमा दक्षिण एसियाको ठूलो भूभाग ब्रिटिस साम्राज्यको अधिनमा गइसकेको थियो । यस्तो परिस्थितिमा पनि नेपाल आफ्नो सार्वभौम अस्तित्व कायम राख्न सफल भयो । यस उपलब्धिको श्रेय हामीले तत्कालीन नेतृत्वका रूपमा जंगबहादुर राणालाई दिनुपर्दछ ।’

उनले अगाडि भनिन्, ‘उहाँ (जंगबहादुर) ले बेलायतको भ्रमण गरी अन्तर्राष्ट्रिय शक्ति सन्तुलनलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्नुभयो । त्यसपछि अवलम्बन गरिएको कूटनीतिक व्यवहारले नेपाल र ब्रिटिस साम्राज्यबीचको सम्बन्धलाई केही हदसम्म व्यवस्थित बनायो । यसै सन्दर्भमा नेपाल र ब्रिटिस भारत सीमाको व्यवस्थाका क्रममा निर्माण गरिएका जंगे पिलर पनि उल्लेखनीय मानिन्छ, जसले सीमा स्पष्टता र प्रशासनिक तथा कूटनीतिक स्थिरतामा ठूलो योगदान पुर्‍याएको छ ।’

आजको नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको मार्गमा अघि बढिरहेको भन्दै उनले आज राष्ट्रियताको अवधारणा भौगोलिक अखण्डता र सार्वभौमसत्ताको संरक्षणसँगै लोकतान्त्रिक मूल्य, सामाजिक न्याय, समावेशिता, राष्ट्रिय एकता, आर्थिक आत्मनिर्भरता र नागरिक अधिकारको प्रवद्र्धनसँग पनि जोडिएको बताइन् ।

उनले भनिन्, ‘इतिहासका विभिन्न कालखण्डका अनुभवहरूबाट सिक्दै हामीले अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्दछ । जंगबहादुरको जीवन र कार्यको अध्ययनले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ । राष्ट्रको हित र स्वतन्त्रताको रक्षा आवश्यक छ, तर त्यससँगसँगै लोकतान्त्रिक मूल्य, नागरिक स्वतन्त्रता र सामाजिक न्यायको विस्तार पनि उत्तिकै आवश्यक छ। राष्ट्रियताको संरक्षण र लोकतन्त्रको सुदृढीकरणबीच सन्तुलन कायम गर्नु नै आधुनिक नेपालको दिगो विकास र सफलताको आधार हो ।’

उनले जंगबहादुरले नेपालमा मुलुकी ऐन बनाउन सुरुवात गरेको पनि बताइन् । राज्य सञ्चालनलाई निश्चित नियम, प्रक्रिया र संस्थागत आधारमा अघि बढाउने प्रयत्नस्वरूप विक्रम संवत् १९१० मा जारी गरिएको मुलुकी ऐनलाई नेपालको पहिलो कानूनी संहिताका रूपमा लिन सकिने उनको भनाइ छ । यद्यपि उक्त ऐनमा तत्कालीन समाजको जातीय संरचना र सामाजिक असमानताका केही पक्षहरू प्रतिबिम्बित भएको र आजको मूल्य–मान्यताका दृष्टिले ती स्वीकार्य नरहेको बताइन् । त्यसलाई सोही समयको सामाजिक संरचना, राज्य व्यवस्था र चेतनास्तरलाई समेत सँगसँगै बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।

भण्डारीले जंगबहादुरका सामाजिक सुधारसम्बन्धी प्रयासहरू पनि उल्लेखनीय रहेको बताइन् । तत्कालीन समाजमा गहिरोसँग जरा गाडेर बसेको सती प्रथालाई निरुत्साहित गर्ने पहल जंगबहादुरले नै गरेको उनको भनाइ छ ।

उनले इतिहासका विभिन्न कालखण्डका अनुभवबाट शिक्षा लिँदै अझ सबल, समुन्नत र आत्मविश्वासी नेपाल निर्माण गर्नुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले विगतका राजनीतिक दलका अनुभवबाट सिकेर पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । चितवनको भरतपुरमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टी एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा नआउने दाबी गरेका हुन् । पार्टीभित्र त्याग र बलिदानको विषयमा असमान ...
आज असार ७ गते, पार्टीको चौथो वार्षिकोत्सव। हामी केवल एउटा दलको महाधिवेशनमा भेला भएका छैनौँ। हामी नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सिंगो राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको पार्टी हो। कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको पार्टी होइन। एकातिर नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा र ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन ...
। पुराना राजनीतिक दलहरूले आफूहरू राष्ट्रिय स्वतन्त्र पार्टीसँगै रहेको सन्देश दिन खोजेका छन् । रास्वपा महाधिवेशनमा सम्बोधन गर्दै उनीहरूले खासगरी सुशासन,आर्थिक विकास र जनताको परिवर्तनको चाहना सम्बोधनका सन्दर्भमा सँगै रहेको सन्देश दिने प्रयास गरेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो पार्टीसँग रास्वपाको तुलना गर्दै भने,‘तपाईंहरू र हाम्रा विषयमा कैयौं समानताहरू छन् । हामी ...
। सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयका अनुसार ...