मुख्य समाचार
निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन
निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन

। नेपाल विद्युत् प्राधिकरण व्यवसाय विकास निर्देशनालय विद्युत् व्यापार विभागले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाका प्रवद्र्धक कम्पनीलाई आयोजनाको प्रगति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ ।

विभागले सूचना जारी गर्दै पीपीए बमोजिम निर्माणाधीन जलविद्युत् आयोजनाको प्रगति प्रतिवेदन चौमासिक रूपमा उपलब्ध गराउने व्यवस्था रहेकाले सम्बन्धित सबै प्रवर्द्धक कम्पनीलाई विवरण पेश गर्नुपर्ने जनाएको हो ।

विद्युत् खरिद–बिक्री सम्झौता सम्पन्न भई निर्माण चरणमा रहेका सबै आयोजनाका प्रवद्र्धक कम्पनीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्रमा आफ्नो आयोजनाको प्रगति प्रतिवेदन विभागमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र प्रगति प्रतिवेदन प्राप्त नभए पीपीएमा उल्लेखित प्रावधानअनुसार आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी समेत दिइएको छ ।

विभागले निर्माणाधीन आयोजनाको वास्तविक अवस्था अद्यावधिक गर्न र उनीहरूको निर्माण प्रगतिबारे जानकारी लिन तथा देखिएका समस्या पहिचान गर्दै समाधान गर्न प्रगति विवरण पेश गर्न सूचना जारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे । रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।
। प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि ...
। प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले आफूले हांकिरहेको सरकारको गाडीबारे चिन्ता नलिन आग्रह गरे । सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए । ‘सरकार भनेको त गाडीजस्तै ...
। रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् । पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । उनले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले ...