। सुन्धारा कारागारबाट फरार एक कैदीबन्दी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चितवनको राप्ती नगरपालिका–२ पिप्लेका ४६ वर्षीय प्रभु राम राई छन् ।
उनलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौंको शंकपार्कबाट पक्राउ गरेको हो ।
उनी ९० ग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।
पुर्पक्षका लागि कारागार चलान भएका उनी जेनजी आन्दोलनको बेला फरार भएको ब्यूरोको एसपी दुर्गाराज रेग्मीले बताए ।
पक्राउ परेका उनलाई सुन्धारा कारागार पठाइएको छ ।