मुख्य समाचार
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन
कानुन विपरीत सञ्चालन भएका अस्पतालमा काम नगर्न चिकित्सकलाई निर्देशन

। नेपाल मेडिकल काउन्सिलले स्वास्थ्य संस्थाहरूले कानुनविपरीत स्वीकृत शय्या क्षमता र कार्यक्षेत्रभन्दा बाहिर सेवा सञ्चालन गरिरहेको ठाँउमा चिकित्सकलाई काम नगर्न निर्देशन दिएको छ ।

जनस्वास्थ्य सेवा ऐनको दफा २१ र २२ अनुसार स्वास्थ्य संस्थाले तोकिएको इजाजतपत्र (सञ्चालन अनुमति) बिनाका सेवा सञ्चालन गर्न नपाउने व्यवस्था रहेको काउन्सिलले उल्लेख गरेको छ । यस्ता कानुनविपरीत सञ्चालन भएका स्वास्थ्य संस्थाको इजाजतपत्र स्वतः खारेज हुन सक्ने प्रावधान रहेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले कानुनविपरीत सञ्चालन भइरहेका संस्थामा कार्यरत चिकित्सकहरू पनि कानुनी जोखिम र नैतिक जवाफदेहितामा पर्न सक्ने चेतावनी समेत दिएको छ ।

सूचनामा भनिएको छ, ‘कानुन विपरीत सञ्चालन भइरहेका संस्थामा काम गर्दा चिकित्सकहरु स्वयं पनि गम्भीर कानूनी जोखिम र नैतिक जवाफदेहितामा पर्ने निश्चित छ ।’
व्यावसायिक सुरक्षा, कानुनी सचेतना र स्वास्थ्य क्षेत्रको पारदर्शिता कायम राख्न काउन्सिलले चिकित्सकहरूलाई तीन बुँदे आग्रहसमेत गरेको छ ।

काउन्सिलका अनुसार चिकित्सकले कुनै पनि अस्पताल वा स्वास्थ्य संस्थामा आबद्ध हुनुअघि उक्त संस्थाको स्वीकृत शय्या संख्या, सञ्चालन अनुमति पत्र तथा जनस्वास्थ्य सेवा ऐनबमोजिम स्वीकृत सेवाको विवरण अनिवार्य रूपमा बुझ्नुपर्नेछ ।

त्यसैगरी नियुक्ति लिनुअघि संस्थाको अद्यावधिक नवीकरण प्रमाणपत्र र स्वीकृत सेवासम्बन्धी विवरणबारे जानकारी लिनुपर्नेछ ।

यस्तै, कुनै स्वास्थ्य संस्थाले आफ्नो स्वीकृत क्षमता भन्दा बाहिर गई ऐन तथा मापदण्ड उल्लंघन गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न नहुन र संस्थालाई कानुनी दायराभित्र रहेर सञ्चालन गर्न सचेत गराउन पनि चिकित्सकलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे । रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।
। प्रधानमन्त्री बालेन शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् । प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि ...
। प्रधानमन्त्री बालेन शाहले आफू नेतृत्वको सरकारको गाडी गन्तव्यमा मात्रै पुगेर ब्रेक लाग्ने बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले आफूले हांकिरहेको सरकारको गाडीबारे चिन्ता नलिन आग्रह गरे । सोही सत्रमा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा एक्सिलेटर मात्रै नहुने र बेला बेलामा ब्रेक पनि लाग्नुपर्ने बताएका थिए । ‘सरकार भनेको त गाडीजस्तै ...
। रास्वपा सभापति रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्रका अप्ठेरा सुल्झाउन आग्रह गरेका छन् । पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आग्रह गरेका हुन् । ‘सबै दल ठिक हुनुपर्छ । दुई शक्तिशाली दल नेपाली कांग्रेस र नेकपा एमालेभित्र अप्ठेरा देखिएका छन्,’ उनले भने, ‘त्यो अप्ठेरा त्यो दलको मात्रै होइन, त्यो दलका अप्ठेरा सुल्झिएनन् भने ...
। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो राष्ट्रियताप्रति प्रश्न नगर्ने अनुरोध गरेका छन् । रास्वपाको प्रथम महाधिवेशनमा सम्बोधन गर्दै वरिष्ठ नेता समेत रहेका शाहले यस्तो अनुरोध गरेका हुन् । उनले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै उनले भने,’मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’ उनले नेपालको सीमाको विषयमा प्रमाण खोज्ने क्रममा त्यहाँ पुग्छौं भनेको उनले ...