। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले अहिले पाएको अवसर अब कहिल्यै नआउने बताएका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘अहिले इतिहासले तपाईंहरूलाई यस्तो अवसर दिएको छ कि, पार्टीको हिसाबले कुरा गर्ने हो भने पार्टीको जीवनमा र व्यक्तिको हिसाबले कुरा गर्ने हो भने यस्तो अवसर कहिल्यै आउँदैन,’ उनले भनेका छन् ।
अहिलेको अवसर चुकेको खण्डमा सिंगो देशलाई धोका हुने उनको भनाइ थियो ।
‘यो अवसर चुक्यो भने चुकाउनुभयो भने धोका तपाईंको पार्टीलाई र तपाईं नेतृत्वलाई मात्रै होइन सिंगो देशलाई हुन्छ । यो मौका पारेर यो जिम्मेवारी सफलतापूर्वक पूरा गर्न सक्नुहोस्,’ उनले भने ।