मुख्य समाचार
ट्रम्पले इरानलाई दिएको धम्कीप्रति इरानका मुख्य वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बगर गालिबाफले कडा प्रतिक्रिया
ट्रम्पले इरानलाई दिएको धम्कीप्रति इरानका मुख्य वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बगर गालिबाफले कडा प्रतिक्रिया

: अमेरिका र इरानबीच तनाव कम गर्ने प्रयासस्वरूप स्विट्जरल्याण्डमा वार्ता चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच वाकयुद्ध चर्किएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई दिएको धम्कीप्रति इरानका मुख्य वार्ताकार एवं संसद्का सभामुख मोहम्मद बगर गालिबाफले कडा प्रतिक्रिया जनाएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मा लेखेका थिए, 'यदि इरानले लेबनानमा इजरायलविरुद्ध लडिरहेको हिजबुल्लाहलाई रोकेन भने अमेरिकाले सैन्य आक्रमण गर्नेछ।'

ट्रम्पको यस चेतावनीको जवाफ दिँदै इरानी सभामुख गालिबाफले भने, 'के उनलाई लाग्छ कि उनको धम्कीको कुनै असर हुन्थ्यो भने उनीहरू आज यो अवस्थामा हुन्थेर ? उनीहरू जतिसुकै कुरा गरुन्, वास्तविक कदम हामी नै चाल्छौँ।' इरानले आफू जुनसुकै परिस्थितिको सामना गर्न र लड्न तयार रहेको समेत स्पष्ट पारेको छ।

गत हप्ता अमेरिका र इरानबीच भएको सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्ध रोक्नुपर्ने सर्त राखिएको थियो। तर, सम्झौताका बाबजुद दक्षिणी लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीचको भिडन्त झन् तीव्र बनेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ सर्वसाधारणको ज्यान गइसकेको छ।

तनाव बढ्दै गएपछि अमेरिकाले शुक्रबार इजरायल र हिजबुल्लाहबीच नयाँ युद्धविरामको घोषणा गरेको थियो। तर, झडप र हवाई हमला नरोकिएपछि इरानले शनिबार रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने 'हर्मुज जलडमरू' बन्द गरेको घोषणा गर्‍यो। यद्यपि, जहाजहरूको आवतजावतको तथ्याङ्कले भने त्यहाँबाट अझै पनि जहाजहरू गुडिरहेको देखाएका छन्।

यसैबीच, आइतबार राति एक अमेरिकी कूटनीतिज्ञले स्विट्जरल्याण्डमा भइरहेको छलफलको मुख्य उद्देश्य इरानको विरोधाभासपूर्ण अभिव्यक्तिहरूलाई स्पष्ट पार्नु रहेको बताएका छन्। यस वार्तामा हर्मुज जलडमरू पुनः खोल्ने, लेबनानमा जारी लडाइँ रोक्ने र आणविक सम्झौताका केही महत्त्वपूर्ण बुँदाहरू समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...