मुख्य समाचार
अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न
अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न

। कतार र पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानबीच स्विट्जरल्यान्डको बुर्गेनस्टकमा भएको पहिलो उच्चस्तरीय वार्ता सकारात्मक रूपमा सम्पन्न भएको छ ।

वार्तापछि मध्यस्थकर्ता मुलुक कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित नयाँ कार्ययोजना तय भएको जानकारी दिएका छन् ।

स्विट्जरल्यान्डको बुर्गेनस्टकस्थित लेक ल्युसर्न रिसोर्टमा आयोजित वार्तामा दुवै पक्षबीच रचनात्मक वातावरणमा छलफल भएको र आगामी वार्तालाई अघि बढाउन नयाँ संयन्त्र स्थापना गर्ने सहमति जुटेको विज्ञप्तिमा उल्लेख छ ।

उच्चस्तरीय निगरानी समिति गठन

वार्ताबाट अमेरिका र इरानबीचको मध्यस्थता प्रक्रियालाई राजनीतिक निर्देशन र निगरानी गर्न एक उच्च–स्तरीय समिति गठन गर्ने सहमति भएको छ ।

उक्त समितिको मातहतमा रहने प्राविधिक टोलीहरूले परमाणु कार्यक्रम, प्रतिबन्ध तथा अनुगमन र विवाद समाधानका विषयमा केन्द्रित भएर काम गर्नेछन् ।

समितिले आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने गरी कार्ययोजना तयार गरेको छ ।

साथै, स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न तथा सम्भावित तनाव रोक्न अमेरिका र इरानबीच प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गरिएको छ ।

लेबनानद्वन्द्व रोक्न सहमत

वार्तामा क्षेत्रीय सुरक्षाको महत्वपूर्ण विषयका रूपमा लेबनानलाई पनि समेटिएको छ । लेबनानमा सैन्य गतिविधि पूर्ण रूपमा रोकिएको सुनिश्चित गर्न मध्यस्थकर्ताहरूको सहजीकरणमा ‘द्वन्द्व–न्युनीकरण कक्ष’ स्थापना गर्न सहभागी पक्षहरू र लेबनान सरकार सहमत भएका छन् ।

संयुक्त विज्ञप्तिअनुसार बाँकी प्राविधिक विषयहरूमा छलफल गर्न यसै साता बुर्गेनस्टक रिसोर्टमा वार्ता निरन्तर जारी रहनेछ ।

कतार र पाकिस्तानले कूटनीतिक पहलमार्फत वार्तालाई सकारात्मक दिशातर्फ अघि बढाएको भन्दै अमेरिका र इरान दुवैलाई धन्यवाद दिएका छन् । उनीहरूले शान्तिपूर्ण समाधानप्रति दुवै पक्षले देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै प्रक्रियामा सहयोग पुर्‍याउने अन्य मित्रराष्ट्रहरूप्रति पनि आभार व्यक्त गरेका छन् ।

यस वार्तालाई पछिल्ला वर्षहरूमा अमेरिका–इरान सम्बन्ध सुधार तथा क्षेत्रीय तनाव कम गर्ने दिशामा भएको महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...