मुख्य समाचार
लागुपदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ
लागुपदार्थ ओसारपसारमा संलग्न रहेको आरोपमा १३ जना पक्राउ

। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ का २९ वर्षीय दर्शन राई, धनकुटा–१० का २८ वर्षीय नमुनेश भुजेल, सहिदभूमि गाउँपालिका–२ का २३ वर्षीय आयुष राई र उदयपुरगढी गाउँपालिका–६ का ३० वर्षीय नरबहादुर पुलामी मगर रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा मोरङको कानेपोखरी–७ का २७ वर्षीय समिर राई, विराटनगर महानगरपालिका–१७ का २५ वर्षीय सोहराब आलम, सुनसरीको धरान–११ का २४ वर्षीय मियोङ लिम्बु र धरान–१५ का २० वर्षीय एमिल राई रहेका छन् ।

आइतबार पक्राउ परे‍का उनीहरूको साथबाट ब्राउन सुगर, प्रतिबन्धित औषधि, गाँजा र ४ वटा दुई पाङ्ग्रे सवारीसाधन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबै अभियुक्तलाई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि हिरासतमा लिइएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे ...
। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ...
: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक ...
: प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, 'तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर ...