मुख्य समाचार
६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित ठोस कार्ययोजना (रोडम्याप)तयार गरी प्राविधिक तहको छलफल तत्काल सुरु गर्ने सहमति
६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित ठोस कार्ययोजना (रोडम्याप)तयार गरी प्राविधिक तहको छलफल तत्काल सुरु गर्ने सहमति

: स्विट्जरल्याण्डको बर्गेनस्टक रिसोर्टमा अमेरिका र इरानबीच चलिरहेको 'लेक लुसर्न समिट' शान्ति वार्ताको पहिलो उच्चस्तरीय सत्र सम्पन्न भएको छ। कतार र पाकिस्तानको मध्यस्थतामा भइरहेको उक्त वार्ताको समाप्तिसँगै दुवै मध्यस्थकर्ता देशले एक संयुक्त विज्ञप्ति जारी गर्दै वार्ता सकारात्मक दिशामा अघि बढेको जनाएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयमार्फत जारी गरिएको संयुक्त विज्ञप्ति अनुसार, वार्तालाई सही दिशा दिन र सम्पूर्ण गतिविधिमाथि निगरानी राख्न एक उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको छ। वार्ताकारहरूले सोही समितिलाई नियमित रिपोर्ट बुझाउनुपर्ने प्रावधान राखिएको छ।

यसैगरी, आणविक कार्यक्रम, इरानमाथिको प्रतिबन्ध फुकुवा, अनुगमन र विवाद समाधान जस्ता संवेदनशील मुद्दाहरूमा केन्द्रित रहेर काम गर्न छुट्टाछुट्टै विशेष कार्यदल गठन गरिने भएको छ। आगामी ६० दिनभित्र अन्तिम सम्झौतामा पुग्ने लक्ष्यसहित ठोस कार्ययोजना (रोडम्याप)तयार गरी प्राविधिक तहको छलफल तत्काल सुरु गर्ने सहमति पनि दुवै पक्षबीच भएको छ।

यस्तै विश्वकै सबै भन्दा महत्त्वपूर्ण मानिने जलमार्ग 'हर्मुज स्ट्रेट'बाट व्यावसायिक जहाजहरूको आवतजावत सुरक्षित बनाउन र कुनै पनि किसिमको सैन्य टकराव वा असमझदारी हुन नदिन पक्षहरूबीच सिधा सञ्चार सम्पर्क स्थापित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसका साथै, लेबनानमा युद्धविराम सम्झौताको पूर्ण पालना गराउन कतार र पाकिस्तानको नेतृत्वमा लेबनान समेत सहभागी हुने गरी एक विशेष 'डी-कन्फ्लिक्ट'सेल गठन गरिने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...