मुख्य समाचार
छथर जोरपाटीमा बसाइँ सरेर आउनेलाई सुरक्षित आवास योजना
छथर जोरपाटीमा बसाइँ सरेर आउनेलाई सुरक्षित आवास योजना

। धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा बसाइँ सरेर आउनेलाई सुरक्षित आवनसको व्यवस्था, विपन्न परिवारलाई नि:शुल्क विद्युत् तथा शिशु बचत लखपति कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।

दोस्रो गाउँसभाको नवौं अधिवेशनमा गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महत्वकांक्षी कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।




गाउँपालिकाले यसअघि बसाइँ सरेर आउनेलाई दुहुनो गाई उपहार दिंदै आएकोमा आगामी आर्थिक वर्षदेखि त्यसलाई हटाएर सुरक्षित आवासको कार्यक्रम तय गरेको अध्यक्ष सुब्बाले बताए ।

यस्तै गाउँपालिकाले ‘उज्यालो कार्यक्रम’अन्तर्गत विपन्न परिवारलाई नि:शुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । स्थायी बासिन्दा विपन्न परिवारको पहिचान गरी न्यूनतम महसुल निर्धारण गरेर विद्युत् सेवा नि:शुल्क उपलब्ध गराइने जनाइएको छ ।



यसमा उद्योग तथा व्यवसाय प्रायोजनको लागि प्रयोग गरिएको विद्युत महशुल भने व्यक्ति वा संस्था स्वयंले तिर्नुपर्ने भएको छ । यता गाउँपालिका शिशु बचत लखपति कार्यक्रम अन्तर्गत एउटा बच्चा जन्मेपछि उसको नाममा बैंक खाता खोलेर जम्मा गरि दिने र बच्चा १८ वर्ष पुगेपछि लखपति बन्ने गरिको कार्यक्रम सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

बालबालिकाले १८ वर्ष पुगेपछि उक्त रकम शिक्षा तथा अन्य आवश्यक प्रयोजनमा उपयोग गर्न सक्ने व्यवस्था मिलाइने अध्यक्ष सुब्बाले बताए ।

यस्तै गाउँपालिकाले राहतमुलक स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत हरेक परिवारलाई स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान तथा क र ख वर्गका अपाङ्गता भएका व्यक्तिका परिवारलाई नि:शुल्क स्वास्थ्य बीमाको व्यवस्था गर्ने भएको छ ।

गाउँपालिकाले ‘कृषि र पशु पेसामा लागौं, आत्मनिर्भर र स्वावलम्बी बनौं’ भन्ने नारासहित ‘आत्मनिर्भरता र समृद्धिको नयाँ पाइला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कृषि उत्पादन वृद्धि, कृषि पकेट कार्यक्रम तथा रोजगारी सिर्जनामा विशेष जोड दिइएको छ । शिक्षा क्षेत्रतर्फ ‘ल्याऔँ, सिकाऔँ, टिकाऔँ र बिकाऔँ’ अभियान सञ्चालन गरी विद्यालय उमेरका सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याइने भएको छ । प्रविधिमैत्री शिक्षा, भौतिक पूर्वाधार विकास, छात्रवृत्ति, सीप विकास तथा खेलकुद कार्यक्रमलाई निरन्तरता दिने नीति लिइएको छ ।

स्वास्थ्य क्षेत्रअन्तर्गत ‘स्वस्थ म, स्वस्थ मेरो पालिका, स्वस्थ मेरो देश’ अभियान सञ्चालन गरिने भएको छ । पूर्ण खोप, पोषण कार्यक्रम, गर्भवती प्रोत्साहन भत्ता, परिवार नियोजन तथा सुरक्षित प्रजनन स्वास्थ्य सेवामा जोड दिइएको छ ।

गाउँपालिकाले ‘उपाध्यक्षसँग गर्भवती तथा शिशु पोषण कार्यक्रम’लाई निरन्तरता दिँदै गर्भवती महिलालाई उपलब्ध गराउँदै आएको ९ हजार रुपैयाँ प्रोत्साहन भत्ता यथावत् राख्ने जनाएको छ । साथै ग्रामीण क्षेत्रमा घुम्ती अल्ट्रासाउन्ड सेवा सञ्चालन गरिनेछ ।

पूर्वाधार विकासतर्फ सडक गुरुयोजना कार्यान्वयन, आयोजना बैंक निर्माण, नियमित अनुगमन तथा मर्मत सम्भार कोषको प्रभावकारी परिचालन गरिने भएको छ । स्वच्छ, हरियाली र व्यवस्थित बजार निर्माण तथा जलवायु अनुकूल पूर्वाधार विकासलाई पनि प्राथमिकता दिइएको छ ।

खानेपानीतर्फ ‘एक घर, एक धारा’ नीति अवलम्बन गर्दै तमोर, मजुवा, अधेरी लिफ्टिङ तथा जोरपाटी खानेपानी आयोजनाका लागि संघीय र प्रदेश सरकारसँग साझेदारी र बजेट व्यवस्थापनको पहल गरिने भएको छ ।

विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, खेलकुद, भाषा, संस्कृति, लैङ्गिक समानता तथा सुशासनका कार्यक्रमलाई पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

डिजिटल अभिलेखीकरण, पारदर्शी भुक्तानी प्रणाली, सार्वजनिक सुनुवाइ तथा नागरिक जवाफदेहितामार्फत सुशासन प्रवर्द्धन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम उल्लेख छ ।

आवश्यक सुझाव र छलफलको अध्ययनका लागि वडाअध्यक्ष तथा कार्यपालिका सदस्य गाउँसभाका सदस्यहरुलाई नीति तथा कार्यक्रम प्रतिलिपी बुझाइएको र उनीहरुको सुझावलाई समेटेर आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम पास गरि असार १० गते गाउँपालिको बजेट सार्वजनिक गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: विद्युतीय राहदानी छपाइमा अनियमितताको आरोपमा पक्राउ परेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित ७ जनाको विशेष अदालतमा बयान जारी छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल,हेमन्त रावल र उमेश कोइरालाको इजलासमा महानिर्देशक अर्यालसहित सातजनाको बयान भइरहेको छ। मंगलबारदेखि उनीहरूको बयान सुरू भएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्युतीय राहदानी छपाइमा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सोमबार राहदानी विभागका महानिर्देशक अर्यालसहित ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र हुर्किरहेको गुटबन्दी र व्यक्ति-केन्द्रित सोचप्रति कडा प्रहार गरेका छन्। चितवनमा जारी प्रथम महाधिवेशनमा पेस गरेको राजनीतिक प्रतिवेदन तथा प्रस्ताव मार्फत उनले निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा खेल्ने प्रवृत्ति बन्द गर्न चेतावनी दिएका हुन्। प्रतिवेदनको ‘सांगठनिक जीवनका प्रवृत्तिगत समस्या’ र ‘चाकडी होइन, उत्पादन र ...
: मोटरसाइकल चोरी गर्ने २ युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गढीमाई नगरपालिका–६ निवासी २० वर्षीय अनिल कुमार साह र सोही स्थानका २० वर्षीय राम नारायण यादव रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर प्रसाद आचार्यले बताएका छन्। उनीहरूलाई चोरी भएको मोटरसाइकलसहित नियन्त्रणमा लिइएको थियो। मंगलबार साँझ ...
। प्रधानमन्त्री बालेन शाहले पार्टीका नेता तथा कार्यकर्तालाई शुभकामना व्यक्त गरेका छन् । रास्वपाको पहिलो महाधिवेशन चलिरहँदा उनले सामाजिक सञ्जालमार्फत सबैलाई सफल हुन शुभकामना व्यक्त गरेका हुन् । रास्वपा महाधिवेशन अन्तर्गत मंगलबार साँझबाट निर्वाचन प्रक्रिया सुरु भएको छ । पार्टीका वरिष्ठ नेता समेत रहेका बालेन आफू पनि महाधिवेशन सुरु भएको दिनदेखि नै चितवनमा छन् । उनी मंगलबार ...
। रास्वपा सभापति रवि लामिछानेले पार्टीभित्र गुटबन्दी हुर्किन सक्नेबारे चिन्ता व्यक्त गरेका छन् । पार्टी महाधिवेशनमा दस्तावेज पेश गर्दै उनले संगठनभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद प्रमुख चुनौती हुने उल्लेख गरेका छन् । दस्तावेजमा जनमतबाट ठूलो संसदीय शक्ति बने पनि दीर्घकालीन राजनीतिक शक्तिका लागि लोकप्रियता मात्र पर्याप्त नहुने उल्लेख गरिएको छ। ‘निजी फाइदाका लागि पार्टीभित्र नयाँ र पुरानोका नाममा ...