मुख्य समाचार
सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश
सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश

। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे ।

नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार टार्न सकेनन् ।

खेलको ४३औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाए ।

५३औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे । तर, ५८औं मिनेटमा हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गर्दा नर्वेको अग्रताको दुरी बढाए ।

दोस्रो हाफको इन्जुरी समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गर्दे खेलमा फर्किएपनि सफल हुन सकेनन् ।

२८ वर्षपछि विश्वकपमा खेलेको नर्वे एक खेलअगावै नकआउट चरण प्रवेश गरेको हो । नर्वेले पछिल्लोपटक सन् १९९८ मा भएको विश्वकप खेलेको थियो । त्यसयता छनोट हुन सकेको थिएन ।

जितपछि नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् । दुवै खेलमा पराजित भएका सेनेगल र इराक अंकविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् । अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् । ‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु । विशेष ...
। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट ...
। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ...
। स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् । साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् । ‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । ...
। स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । त्यसपछि ...