मुख्य समाचार
स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटा
स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटा

। स्विट्जरल्यान्डमा इरान र अमेरिकाबीच भएको वार्तापछि अमेरिकाले इरानी तेल बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ । साथै १२ अर्ब डलर बराबरको कोष पनि फुकुवा गरिदिएको छ ।

स्विटजरल्याण्डमा हालै भएको वार्तापछि अमेरिकाले गरेका यी निर्णयबाट दुई देशबीचको तनाव केही कम भएको संकेत देखिएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समा लेख्दै अमेरिकी अर्थ मन्त्रालयले इरानी तेलको उत्पादन, आपूर्ति र बिक्रीका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन् ।

यस निर्णयसँगै आगामी ६० दिनसम्म अर्थात् २१ अगष्टसम्म इरानले आफ्नो तेल र पेट्रोलियमजन्य उत्पादन विश्व बजारमा बिक्री गर्न पाउनेछ । यस अवधिमा अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गर्न सक्नेछन् र त्यसको भुक्तानी अमेरिकी डलरमा गर्न सकिनेछ । आवश्यक परे यो व्यवस्था २१ अगस्टपछि नवीकरण गर्न पनि सकिने बताइएको छ । उक्त लाइसेन्सअन्तर्गत इरानले अमेरिकी डलरमा भुक्तानी प्राप्त गर्न सक्नेछ ।

यो कदम स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच सम्पन्न वार्तापछि चालिएको हो । यसलाई वार्ताको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा उल्लेखनीय प्रगति भएको बताएका छन् ।

वार्ताका क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुन: आफ्नो देशमा प्रवेश गर्न दिने सहमति जनाएको छ ।

साथै, उसले स्ट्रेट अफ होर्मुज समुद्री मार्गबाट जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यसअघि क्षेत्रीय तनाव र द्वन्द्वका कारण तेल ट्यांकरहरूको आवागमन उल्लेखनीय रूपमा घटेको थियो । सुरक्षा चिन्ताका कारण धेरै जहाजहरूले यो मार्ग प्रयोग गर्न छाडेका थिए । तर पछिल्लो सहमतिपछि जहाजहरूको आवागमन पुन: बढ्न थालेको बताइएको छ ।

स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो । विश्वमा निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल यही मार्गबाट ओसारपसार हुने गर्छ । त्यसैले यहाँ स्थिरता कायम हुँदा विश्वव्यापी तेल तथा ग्यास बजारलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।

सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले कुनै अतिरिक्त शुल्क नतिरी स्ट्रेट अफ होर्मुज पार गर्न सक्नेछन् । त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले यस मार्गको दीर्घकालीन व्यवस्थापन तथा सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्नेछन् ।

यसैगरी इरानका प्रमुख वार्ताकारले अमेरिकासँग १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष फुकुवा गर्ने सहमति पनि भएको बताएको अलजजिराले जनाएको छ ।

अमेरिकाले स्विट्जरल्यान्डमा १८ घण्टा लामो गहन वार्तापछि इरानले अन्तर्राष्ट्रिय आणविक निरीक्षणलाई अनुमति दिने प्रतिबद्धता जनाएपछि यो निर्णय गरिएको जनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फुकुवा गरिएका इरानी सम्पत्ति अमेरिकी कृषि उत्पादन खरिद गर्न प्रयोग गरिने बताएका छन् । तर इरानको केन्द्रीय बैंकले उक्त टिप्पणी अस्वीकार गर्दै तेहरान अमेरिकी कृषि वस्तु खरिद गर्न बाध्य नभएको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नामिबियाको मरुभूमिमा मृत जन्मेको बाछो बोकेर घण्टौँसम्म हिँडिरहेको पोथी हात्तीको तस्बिरले सन् २०२६ को ‘वन्यजन्तु फोटोग्राफर अफ द इयर’ को सर्वोच्च पुरस्कार जितेको छ। फोटोग्राफर फेडेरिको भेरोनेसीले खिचेको उक्त तस्बिरले हात्तीको भावनात्मक जीवन र उनीहरूले भोग्ने पीडालाई उजागर गरेको छ। भेरोनेसीले सन् २०२५ सेप्टेम्बरमा नामिबियाको हुआब नदी किनारमा हात्तीको बथानलाई पछ्याउने क्रममा उक्त दृश्य देखेका ...
। साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ । मंगलबार राति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ । साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन् । घटनामा मानवीय क्षति भएको ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको भन्ने कुरामा आफूलाई विश्वास नलागेको बताएका छन् । आफ्नो ट्रुथ सोसलमा लेख्दै ट्रम्पले चीन र रुसले इरानलाई सहयोग गरिरहेको दाबी गर्ने आलोचकहरूको टिप्पणीप्रति प्रतिक्रिया जनाएका हुन् । ‘कट्टर वामपन्थी मूर्ख र सन्कीहरूबाट चीन र रुसले इरानलाई अद्भूत सहयोग गरिरहेका छन् भन्ने धेरै टिप्पणी देखिरहेको छु,’ ट्रम्पले लेखेका ...
। भारतले एकतर्फी र अवैध रूपमा स्थापना गरेको भनिएको तथाकथित ‘केन्द्र शासित प्रदेश लद्दाख’ लाई चीनले कहिल्यै मान्यता नदिएको बताएको छ। चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निंगले मंगलबार भारतले लद्दाखका केही स्थानहरूको मानक नाम घोषणा गरेको विषयमा कडा आपत्ति जनाउएकी छिन् । निंगको अनुसार, भारतको गृह मन्त्रालयले विवादित सीमा क्षेत्र र चीनको वास्तविक नियन्त्रणमा रहेका केही ...
साउदी अरबियाको नेतृत्वमा रहेको गठबन्धनले यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा विशेष सैन्य कारबाही गर्ने तयारी गरेको छ । गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले उक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानमा जान चेतावनी जारी गरिने बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै उक्त क्षेत्रमा विशेष सैन्य कारबाही सञ्चालन गर्न यस्तो कदम आवश्यक रहेको बताएका ...