मुख्य समाचार
मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताए
मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताए

। फिफा विश्वकप २०२६ मा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले यो जित निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको बताएका छन् ।

अष्ट्रियामाथि २–० को जित निकालेर नकआउट चरणमा प्रवेश गरेपछि कप्तान मेस्सीले यो जितले अगाडिको यात्राका लागि मानसिक शान्ति दिने बताएका हुन् ।

‘इमानदारीपूर्वक भन्नुपर्दा म यो जितबाट साँच्चै धेरै खुसी छु । विशेष गरी यो एकदमै महत्वपूर्ण जित हो । निकै संघर्षपूर्ण र कडा मिहिनेतबाट प्राप्त भएको हो । जसले हामीलाई अगाडिको यात्राका लागि मानसिक शान्ति दिन्छ,’ उनले भने ।

खेल निकै प्रतिस्पर्धात्मक भएको मेस्सीले बताए । उनले भने, ‘यो विश्वकप हो । खेल निकै प्रतिस्पर्धात्मक र तीव्र गतिको थियो । र हामी ६ अंक जोड्न तथा अर्काे चरणका लागि छनोट भइसकेकोमा खुसी छौँ ।’

उक्त खेलमा दुई गोल गरेका मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पार्दै सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बनाएका छन् । उनले विश्वकपमा १८ गोल गरिसकेको छन् ।

समूह ‘जे’ मा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर शीर्ष स्थानमा छ । अष्ट्रिया २ खेलबाट ३ अंक जोड्दै दोस्रो स्थानमा छ । समान एक खेल खेलेका जोर्डन र अल्जेरिया अंकविहीन छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा अर्जेन्टिनाले अष्ट्रियालाई पराजित गरेको छ । डालास स्टेडियममा भएको खेलमा अष्ट्रियालाई २–० ले पराजित गर्दे अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अर्जेन्टिनाको जितमा कप्तान मेस्सीले दुई गोल गरे । उनले ३८औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । फ्याकुन्डो मेडिनाको पास कन्ट्रोल गरेर उत्कृष्ट ...
। साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।यो फ्रान्सको दोस्रो जित हो । यसअघि पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो । खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए ...
। सेनेगललाई हराउँदै नर्वे फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । न्यूयोर्क न्यू जर्सी स्टेडियममा मंगलबार बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको हाे । नर्वेको जितमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेपनि हार टार्न सकेनन् ...
। स्पेनका फरवार्ड लामिन यमालले आमा र परिवारको अगाडि गोल गर्न पाउनु एउटा सपना पूरा भएको बताएका छन् । साउदी अरेबियाविरुद्ध गोल गरेपछि १८ वर्षीय स्टार यमालले सुरुवाती खेलाडीको रूपमा आफ्नो पहिलो खेलमै गोल गर्न पाउनु एउटा सपना जस्तै भएको बताएका हुन् । उनले विश्वकपमा पहिलो गोल गरेका हुन् । ‘मैले अघिल्लो विश्वकप कक्षाकोठाबाट हेरेको थिएँ । ...
। स्पेनले फिफा विश्वकप २०२६ मा साउदी अरेबियामाथि फराकिलो जित निकालेको छ । एटलान्टा स्टेडियममा भएको खेलमा स्पेनले साउदीमाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा मिकेल ओयार्जाबलले दुई र लामिन यमालले एक गोल गर्दा एक गोल उपहार पायो । १०औं मिनेटमा मिकेल ओयार्जाबलको पासमा लामिन यामालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका हुन् । त्यसपछि ...